शुक्रबार, वैशाख ७ गते २०८१    
images
images

एक दिनमै फेसबुकका सीईओ जुकरबर्गले गुमाए ६ अर्ब डलर 

images
images
एक दिनमै फेसबुकका सीईओ जुकरबर्गले गुमाए ६ अर्ब डलर 

फेसबुकको सेयर मूल्य ओरालो लाग्नु र जुकरबर्गको सम्पत्ति घट्नुका मुख्य कारणमध्येको एक हो सोमबारको सर्भर डाउन।संसारभरका फेसबुक प्रयोगकर्ताले ६ घण्टासम्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन्। 

images
images

काठमाडौं- फेसबुकका संस्थापक तथा सिइओ मार्क जुकरबर्गले एकैदिनमा करिब ६ अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति गुमाएका छन्। 

images
images
images

सोमबारको फेसबुक डाउन तथा पछिल्ला स्क्यान्डलका कारण कम्पनीको सेयर मूल्य घटेको थियो। लगानीकर्ताको विश्वास गुम्दै जाँदा अन्तत: जुकरबर्गको सम्पत्ति पनि घटेको छ। 

images

सोमबारमात्रै फेसबुकको सेयरको मूल्य ४.८ प्रतिशतले घटेको थियो। योसँगै ५ अर्ब ९० करोड अमेरिकी डलर बराबरको सम्पत्ति गुमाएका छन् उनले। जुकरवर्ग योसँगै सन्सारकै धनीहरुको सूचीमा छैठौं नम्बरमा पुगेको फोर्ब्सडटकमले उल्लेख गरेको छ। 

images

फेसबुकको सेयर मूल्य ओरालो लाग्नु र जुकरबर्गको सम्पत्ति घट्नुका मुख्य कारणमध्येको एक हो सोमबारको सर्भर डाउन।संसारभरका फेसबुक प्रयोगकर्ताले ६ घण्टासम्म फेसबुक, इन्स्टाग्राम र ह्वाट्सएप चलाउन पाएनन्। 

images
images

६ घण्टा लामो सर्भर डाउनबाट फेसबुकले करोडौं डलर प्रत्यक्ष राजस्व पनि गुमाएको छ। पछिल्लो त्राइमासअनुसार फेसबुकले दिनमा ३३ करोड अमेरिकी डलर आम्दानी गरेको थियो। 

६ घण्टा लामो डाउन किन र कसरी भयो भन्ने कुराको स्वतन्त्र तथ्य अहिलेसम्म बाहिर आएको छैन। यद्यपी फेसबुकले नै जारी गरेको विज्ञप्तिमा भने राउटर कन्फिग्रेसन परिवर्तन गर्दाखेरीको समस्याले भएको बताएको छ। 

नेटवर्क ट्राफिक र डाटा सेन्टरबीचको ब्याकबोन राउटर परिवर्तन गर्नेक्रममा एकआपसको सञ्चार अवरुद्ध भएको फेसबुकले प्रष्ट पारेको छ।

पछिल्लो समय फेसबुक अर्को गम्भिर आरोपबाट गुज्रिएको थियो। फेसबुकले मान्छेमाथि व्यापार गरेर पैसा बाहेक अरु केही नदेखेको आरोप लागेको छ। वालस्ट्रिट जर्नलले फेसबुक र इन्स्टाग्रामले मान्छेलाई प्रविधिको माध्यमबाट शोषण गर्ने बाटो बनाएको भन्ने आसयको रिपोर्टिङ गरेको  थियो। 

फेसबुकको प्रणालीगत समस्याकै कारणले गर्दा कयौं मान्छेहरू विशेषगरी इन्स्टाग्राम प्रयोगकर्ताहरू डिप्रेसनको शिकार भएको  आरोप लागेको छ। यो विषयका बारेमा त्यहाँको सिनेटमा पनि छलफल भइरहेको छ। 

 

images

प्रकाशित : मंगलबार, असोज १९ २०७८०६:०३

प्रतिक्रिया दिनुहोस