शनिबार, चैत ३० गते २०८१    
शनिबार, चैत ३० २०८१
images
images

हुम्लाको लिमीमामा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन

images
बिजनेस न्युज
बिजनेस न्युज
सोमबार, असोज ३ २०७९
images
images
हुम्लाको लिमीमामा नेपाल टेलिकमको मोबाइल सेवा सञ्चालन

अब लिमीवासीको मोबाइलमा कुरा गर्ने सपना पनि पूरा भएको छ। यसअघि लिमीमा टेलिकमकै भिस्याट टेलिफोन सेवा थियो र यसले दिउँसो घाम लागेको समयमा मात्र काम गर्दथ्यो। 

images
images

हुम्ला- हुम्लाको उत्तरी गाउँपालिकाको लिमी सञ्चारको पहुँचमा जोडिएको छ। नाम्खा गाउँपालिका– ६ हिमालपारिको गाउँ भनेर चिनिने लिमीमा मोबाइलको टावर निर्माण भएपछि लिमीवासी सञ्चारको पहुँचमा जोडिएका हुन् । नेपाल टेलिकमको मोबाइल सेवा लिमीका तीन गाउँ तिल, जाङ र हल्जिमा सञ्चालन भएको छ। 

images
images

अब लिमीवासीको मोबाइलमा कुरा गर्ने सपना पनि पूरा भएको छ। यसअघि लिमीमा टेलिकमकै भिस्याट टेलिफोन सेवा थियो र यसले दिउँसो घाम लागेको समयमा मात्र काम गर्दथ्यो। 

images
images

मोबाइल सेवा सञ्चालन आएपछि यहाँका स्थानीयले खुसी व्यक्त गरेका छन्। वर्षौंदेखि मोबाइलमा कुरा गर्ने उनीहरुको चाहना पूरा भएको छ। लिमी गाउँपालिकाका अध्यक्ष प्रेम लामाले निकै लामो प्रयासपछि लिमीमा टावर निर्माण पूरा भएर मोबाइल सेवा सञ्चालनमा आएको बताए। 

images
images

लिमीमा टावर निर्माणका लागि पाँच वर्षअगाडि निर्माण कम्पनीसँग टेलिकमले सम्झौता गरेको थियो। तीन वर्षदेखि टावर निर्माणका सामान लिमी पुगेका थिए । रासस


प्रकाशित : सोमबार, असोज ३ २०७९१०:५४
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend