शुक्रबार, वैशाख १४ गते २०८१    
images
images

एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक 

images
images
images
एनसेलले ल्यायो अनलिमिटेड र अल नेटवर्क प्याक 
images
images

काठमाडौं- एनसेल आजियाटा लिमिटेडले संविधान दिवसको अवसरमा आइतबार (असोज २) बाट लागु हुने गरि नयाँ दुई अफर संचालन ल्याएको छ। यो अफर अन्तर्गत ग्राहकहरुले आकर्षक अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याकका साथै अल नेट भ्वाइस र एसएमएस प्याकको सुविधा पाउने भएका छन्।

images
images
images

प्याकहरु आइतबारबाट तीन दिनका लागि मात्र सञ्चालनमा रहने एनसेलले जनाएको छ। प्याकहरु आइतबारदेखि मंगलबार अर्थात असोज २ देखि ४ गतेसम्ममात्र लिन पाउने छन्। 

images

ग्राहकहरुले एक दिन समयावधि रहेको अनलिमिटेड डेटा र अन नेट भ्वाइस प्याक करसहित ५९ रुपैयाँमा खरिद गर्न सक्छन्। प्याक सुरु गरेपछि ग्राहकले एक दिन अर्थात २४ घण्टासम्म अनलिमिटेड डेटा र अन नेट भ्वाइस सेवा लिन पाउँछन्। 

images

एनसेलबाहेक अन्य सेवा प्रदायकका नम्बरहरुमा यो अफर अवधिभर अझ सुलभ दरमा कल गर्न र एसएमएस पठाउन ग्राहकले ९५ रुपैयाँमा २ सय मिनेट अल नेट टक टाइम र २ सय  वटै एसएमएस बन्डल भएको प्याक लिन सक्ने एनसेलले जनाएको छ। प्याकमा पाइने अल नेट टक टाइम र एसएमएसको समयावधि ३ दिनको हुन्छ।

images
images

images

प्रकाशित : आइतबार, असोज २ २०७९०३:५५

प्रतिक्रिया दिनुहोस