शुक्रबार, चैत १६ गते २०८०    
images
images

आत्तिन पर्दैन, यसरी दर्ता गरेर चलाउन सकिन्छ विदेशबाट व्यक्तिले ल्याएका फोन

images
images
आत्तिन पर्दैन, यसरी दर्ता गरेर चलाउन सकिन्छ विदेशबाट व्यक्तिले ल्याएका फोन

मोबाइल ल्याउने वा आयात भनेको भन्सार विभागको कानून हो। भन्सारले व्यक्तिगत रुपमा ल्याउन दिने छुट सुविधा उपयोग गरेर ल्याइएका मोबाइल तथा व्यक्तिले कर तिरेर पनि मोबाइल ल्याउन पाउँछन्। कर तिरेर आएको फोन स्वत: दर्ता हुन्छ जसको समस्या हुँदैन। 

images
images

काठमाडौं- नेपालको दूरसञ्चार क्षेत्रको नियमक नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइ डिभाइस म्यानेजमेन्ट सिस्टम(एमडीएमएस) लागू गरेको छ। एमडीएमएस लागू भएसँगै चोरी पैठारी तथा अवैध रुपमा भित्रिने मोबाइल सेट नेपालमा चल्ने छैनन्। अबदेखि नेपालमा भित्रिने सबै मोबाइल अनिवार्य दर्ता गर्नुपर्नेछ। 

images
images
images

२०७९ भदौ ३० गतेसम्म विदेशबाट व्यक्तिगत तवरमा ल्याइएका मोबाइल सेटलगायत आजको मितिसम्म चालू रहेका सबै मोबाइल सेटहरू स्वतः एमडीएमएस प्रणालीमा दर्ता हुने छन्। 

images

प्राधिकरणले यो प्रणाली लागू भएपछि भविष्यमा व्यक्तिगत रुपमा विदेशबाट ल्याएका फोन नचल्ने, चले पनि कर तिरेर ल्याउनुपर्ने जस्ता सूचना इन्टरनेटमा फैलिएका छन्। प्राधिकरणको यो निर्णय आएपछि व्यक्तिगत रुपमा विदेशबाट आउने फोनका बारेमा साँच्चिकै हल्ला जस्तो हो? 

images
images

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले भने भविष्यमा आधिकारिक च्यानलबाट आयात भएका मोबाइल स्वत: प्रणालीमा दर्ता हुने छन्। त्यस्ता मोबाइलमा कुनै समस्या हुने छैन। तर व्यक्तिगत रुपमा पनि मोबाइल आयात हुने छ। सरकारले दिएको भन्सार छुट सुविधा उपयोगबाट विदेशबाट फर्किने नेपालीले साथमा ल्याउने मोबाइलका हकमा के हुन्छ? 

मोबाइल ल्याउने वा आयात भनेको भन्सार विभागको कानून हो। भन्सारले व्यक्तिगत रुपमा ल्याउन दिने छुट सुविधा उपयोग गरेर ल्याइएका मोबाइल तथा व्यक्तिले कर तिरेर पनि मोबाइल ल्याउन पाउँछन्। कर तिरेर आएको फोन स्वत: दर्ता हुन्छ जसको समस्या हुँदैन। 

'जुन फोन सुविधाबाट आउँछ त्यसका लागि व्यक्ति स्वयम्ले दर्ता गर्नुपर्ने हुन्छ' प्राधिकरणका अध्यक्ष खनालले भने, 'अहिले जसरी फोनहरु व्यक्तिगत रुपमा आइरहेका छन् भन्सार छुट सुविधा प्रयोग गरेर भविष्यमा पनि त्यसैगरी आउनसक्छन्। र अहिले जसरी चलिरहेका छन् प्रणाली लागू भएपछि पनि त्यसैगरी चल्न पाउनेछन्। तर फरक कतिमात्र भने हामीले उपलब्ध गराएको प्रणालीमा त्यस्ता मोबाइलको आइएमइआइ नम्बर दर्ता गराउनुपर्छ।' यसरी दर्ता गर्दा अतिरिक्त शुल्क लाग्ने छैन।

यो दर्ता गर्ने प्रक्रिया सहज हुने प्राधिकरणले जानकारी दिएको छ। 

कुनै पनि यात्रुले विदेशबाट फोन ल्याएपछि १५ दिनसम्म चल्नसक्छ। त्यसपछि दर्ताका लागि सूचना आउँछ। सकभर पहिले नै दर्ता गर्न सकिने छ। व्यक्तिगत रुपमा विदेशबाट ल्याएका फोन दर्ता गर्नका लागि सबैभन्दा पहिला https://eir.nta.gov.np/ मा जानुपर्छ। 

यो वेबसाइटमा गएपछि तलको जस्तो इन्टरफेस देखिन्छ। 

kyc.png

यसमा गएर सबैभन्दा पहिला साइअप गर्नुपर्छ। अथवा त्यहाँ रहेको हेल्पमा क्लिक गर्दा प्राधिकरणको सम्पर्क नम्बर आउँछ। त्यहाँ फोन गरेर सल्लाह माग्न पनि सकिन्छ। 

साइनअपमा क्लिक गरेपछि व्यक्तिग हो कि आयातकर्ता हो? भनेर बिकल्प आउँछ। यसमा व्यक्तिग रुपमा ल्याएको मोबाइल दर्ता गर्नका लागि रातो रंगको बटममा क्लिक गर्ने।

signup.png

यहाँ क्लिक गरेपछि तलको जस्तो इन्टरफेस आउँछ। 

final.png

निवेदन दिने व्यक्ति नेपाली कि विदेशी भन्ने बिकल्प आउँछ। त्यसमा क्लिक गर्ने। त्यसपछि मोबाइलको कुन परिचय राख्ने हो। जस्तो आईएमईआई वा सिरियल नम्बर वा उत्पादन नम्बर। त्यसमा सजिलोका लागि आईएमईआई नम्बर छनौट गर्न सकिन्छ। 

त्यसपछि मोबाइलको ब्रान्ड नाम राख्नुपर्छ। मोडल नम्बर एन्ड्रोइड मोबाइलको सेटिङमा गएर अबाउट फोनमा जाँदा सहजै भेट्न सकिन्छ। त्यसपछि आईएमआई नम्बर राख्ने। निवेदको नाम, ठेगना, सम्पर्क नम्बर र नागरिकता वा अन्य परिचयपत्रको नम्बर राख्ने र सोही परिचयपत्रको स्क्यान कपी अपलोड गर्ने। 

यसरी अपलोड गर्नेवित्तिकै निवेदकको काम सिकन्छ। यसरी दर्ता प्रक्रिया सकिन्छ। 

भन्सारको नियमअनुसार विदेशबाट फर्किएका नेपाली यात्रुले  एउटासम्म फोन ल्याउन पाउछन्। तर भन्सार अधिकृतले व्यक्तिको आर्थिक अवस्था, परिवारको संख्या हेरि सीमाभन्दा बढी ल्याउँदा पनि छुट दिँदै आएका छन्। तर कानून अनुसार अहिलेसम्म एउटा फोन ल्याउन पाइन्छ।

सरकारले छुट दिएको सुविधा अनुसार आएका फोनको हकमा प्राधिकरणले कुनै पनि समस्या पार्ने काम नगर्ने खनालले जानकारी दिए।

images

प्रकाशित : शुक्रबार, भदौ ३१ २०७९०७:१२

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ