शनिबार, वैशाख १५ गते २०८१    
images
images

टेलिकमको ई-सिम शुक्रबारदेखि 

images
images
images
टेलिकमको ई-सिम शुक्रबारदेखि 
images
images

काठमाडौं- नेपाल टेलिकमले ई-सिम शुक्रबारदेखि ग्राहकलाई वितरण गर्ने भएको छ। ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका ग्राहकहरुले उक्त नयाँ प्रविधिको सिम प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ।

images
images
images

हाल फिजिकल सिम प्रयोग गरिरहेका कम्पनीका ग्राहकहरुका पोस्टपेड र प्रिपेड सिमलाई निःशुल्क ई-सिममा परिवर्तन गर्न सकिने टेलिकलमे जनाएको छ।

images

त्यसैगरी नयाँ पोस्टपेड लिन चाहने ग्राहकलाई हालको बिक्री मूल्यमा ई-सिम उपलब्ध गराइने छ भने नयाँ प्रिपेड सिमकार्ड लिन चाहने ग्राहकलाई भने निकट भविष्यमा सो सिम उपलब्ध नगराउने टेलिकमले जनाएको छ। 

images

ई-सिम सपोर्ट गर्ने मोबाइल सेट भएका नेपाल टेलिकमका पहिले देखिका ग्राहकले सो सिम लिनका लागि आवश्यक फारम भरेर बुझाउनु पर्ने छ। 

images
images

ई-सिम एक प्रकारको भर्चुअल अर्थात इलेक्ट्रोनिक) सिम हो। ई-सिम उपलब्ध भएपछि अहिलेको जस्तो भौतिक रुपमा प्रयोग गरिने सिमकार्डको आवश्यकता पर्दैन। यसबाट फोन गर्ने र डाटा चलाउने लगायतका विभिन्न कार्य गर्न सकिन्छ। 

ई-सिम प्रयोगमा आएपश्चात सिमकार्ड परिवर्तन गर्नुपर्ने आवश्यकता हुँदैन। मोबाइल सेटबाहेक ई-सिमलाई अन्य डिभाइस तथा स्मार्ट वाच र शरीरमा पहिरिन योग्य विभिन्न प्रकारका डिभाइस हरुमा समेत प्रयोग गर्न सकिने टेलिकलमे जनाएको छ।

images

प्रकाशित : बिहीबार , भदौ ३० २०७९०१:१७

प्रतिक्रिया दिनुहोस