शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

कृष्णपुरका किसानलाई परिचयपत्र वितरण, साना किसानलाई ७५ प्रतिशत अनुदान दिइने

images
बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, भदौ २९ २०७९
images
images
कृष्णपुरका किसानलाई परिचयपत्र वितरण, साना किसानलाई ७५ प्रतिशत अनुदान दिइने

१५ कठ्ठादेखि तीन बिघा जग्गा भएका, कृषिबाट पाँच लाखदेखि १५ लाख वार्षिक आय भएका किसानलाई मझौला किसानका रूपमा राखिएको छ।

images
images

कञ्चनपुर- कृष्णपुर नगरपालिकाका किसानलाई परिचयपत्र वितरण गर्न सुरुआत गरिएको छ। राष्ट्रिय कृषक समूह महासङ्घको  सहकार्यमा  नगरपालिकाले किसानलाई वर्गीकरणसहितको परिचयपत्र वितरण गर्न सुरु गरेको हो।

images
images

किसानलाई चार भागमा विभाजित गरी परिचयपत्र वितरण गर्न थालिएको  नगरपालिकाको कृषि विकास शाखाका प्रमुख लालबहादुर धामीले बताए। उनका अनुसार भूमिहीन, सीमान्तकृत, किसान मजदुरलाई एक श्रेणी, साना किसान, मझौला किसान र ठूला किसानलाई अलग-अलग श्रेणीमा वर्गीकरण गरी परिचयपत्र उपलब्ध गराउने कार्य भइरहेको छ।

images
images

तीन कठ्ठासम्म जग्गा भएका, कृषिबाट एक लाखभन्दा कम वार्षिक आय भएकालाई भूमिहीन, सीमान्तकृत, किसान मजदुरका रूपमा राखिएको छ। त्यस्ता किसानलाई सय प्रतिशत अनुदान पाउने श्रेणीमा राखिएको छ। चार कठ्ठादेखि १५ कठ्ठासम्म जग्गा भएका, कृषि कार्यबाट एक लाखदेखि पाँच लाखसम्म वार्षिक आय हुने किसानलाई साना किसानका रूपमा राखिएको छ।

images
images

साना किसानलाई ७५ प्रतिशत अनुदान उपलब्ध गराइने छ। पन्ध्र कठ्ठादेखि तीन बिघा जग्गा भएका, कृषिबाट पाँच लाखदेखि १५ लाख वार्षिक आय भएका किसानलाई मझौला किसानका रूपमा राखिएको छ। मझौला किसानलाई ५० प्रतिशत अनुदान उपलब्ध गराउने व्यवस्था गरिएको छ। तीन बिघाभन्दा बढी जग्गा भएका कृषि कार्यबाट १५ लाखदेखि ५० लाखसम्म आय भएका किसानलाई ठूला किसानका रूपमा राखेर परिचयपत्र वितरण गर्ने व्यवस्था गरिएको छ।

यस्ता किसानलाई २५ प्रतिशत अनुदान उपलब्ध गराइने छ। जग्गा भाडामा दिने, स्वयं खेती नगर्ने, जागिर गर्ने, अर्कालाई जग्गा कमाउन दिने किसानलाई सूचीकृत नगरिएको कार्यालय प्रमुख धामीले बतााए।

'नगरपालिकाका नौवटै वडा कार्यालयमार्फत परिचयपत्र वितरण गर्ने व्यवस्था मिलाएका छौँ', कृषि शाखा प्रमुख धामीले भने, 'परिचयपत्र वितरण गर्ने कार्यको सोमबार नगरप्रमुख हेमराज ओझाले शुभारम्भ गर्नुभएको छ, पहिलो दिन ४० बढी परिचयपत्र वितरण भएका छन्, बाँकी परिचयपत्र वडा कार्यालयले बाँड्छन्।' नगरपालिकाका १४ हजार दुई सय ६८ किसानलाई परिचयपत्र वितरण गर्नका लागि सूचीकृत गरेको छ।

भूमिहीन, सीमान्तकृत, किसान मजदुरको सङ्ख्या चार हजार तीन सय ८९, साना किसान पाँच हजार दुई सय एक, मझौला किसान एक हजार पाँच सय ६५ र ठूला किसान तीन सय २२ रहेका छन्। सूचीकृत नहुने किसान तीन सय ७२ रहेका छन्।

'गणकहरूको नियुक्ति गरी तालिम दिएर किसानको घर-घरमा तथ्याङ्क सङ्कलनको कार्य गर्‍यौँ', कार्यालय प्रमुख धामीले भने, 'त्यसपछि प्राप्त तथ्याङ्कलाई कम्प्युटरमा प्रविष्ट गरी सफ्टवेयरको माध्यमबाट चार श्रेणीका किसानका पहिचान गरी परिचयपत्र वितरण गर्ने व्यवस्था गरिएको छ।'

परिचयपत्रकै आधारमा नगरपालिकाबाट किसानलाई बीउबिजन, मलखाद, कृषि औजार, उपकरणलगायत अनुदानका उपलब्ध गराइने उनले जानकारी दिए। नगरप्रमुख ओझाले नगरपालिकाभित्र बसोबास गर्ने वास्तविक किसानको पहिचान गरी हक-अधिकार सुनिश्चित गर्नका लागि वर्गीकरणसहितको परिचयपत्र वितरण भइरहेको बताए। रासस


प्रकाशित : बुधबार, भदौ २९ २०७९०३:५२
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend