बिहीबार , वैशाख ४ गते २०८२    
बिहीबार , वैशाख ४ २०८२
images
images

उखुमा रेडरड रोगको समस्या, किसान चिन्तित 

images
बिजनेस न्युज
बिजनेस न्युज
मंगलबार, भदौ २८ २०७९
images
उखुमा रेडरड रोगको समस्या, किसान चिन्तित 
फाइल तस्बिर

अहिलेसम्म १ सय ५०  किसानले रोपेको उखु बालीमा नोक्सनी भएको छ। यसबाट उनीहरुले ५० लाख रुपैयाँ बढीको नोक्सानी व्यहोरेका छन्।

images
images

कञ्चनपुर- बेलौरी नगरपालिका-८ का किसानले रोपेका उखुखेतीमा रेडरड (रातो सडन) रोग समस्या देखापरेको छ। किसानले ६० बिघा बढी जग्गामा रोपेको उखुमा सो रोग देखापरेको हो।

images
images
images

पानी जम्ने खेतमा रोपिएको उखुमा रोग देखापरेको नगरपालिका कृषि शाखाका प्रमुख सुमनराज भट्टले जानकारी दिए। 'किसानले रोपेको १५ बिघा बढीको उखु पूरै सखाप भएको छ', उनले भने, 'अरु किसानको १० प्रतिशतदेखि ८० प्रतिशतसम्म उखु बालीमा रोगले नोक्सानी गरेको छ।'

images
images

सिओ-२३८ र सिओ-२०८ जातका उखुमा रोग बढी देखापरेको छ। 'यस रोगका कारण उखुका पात सुक्ने र उखुलाई चिरेर भित्र हेर्दा पूरै रातो देखिने गरेको छ, उखु सडेर नराम्रो गन्धसमेत आउँछ, यो एक प्रकारको उखुमा लाग्ने क्यान्सर नै हो', शाखा प्रमुख भट्टले भने, 'यसको रोकथामका लागि किसानलाई ढुसीनाशक विषादी उपलब्ध गराउने कार्य भइरहेको छ।' चिनी मिलले समेत किसानलाई सल्लाहसँगै विषादी उपलब्ध गराएको छ।

images
images

उखुखेती गरेका किसान कर्मु रानाले उखु बालीमा रेडरड नामक रोगले नोक्सानी गर्न थालेको बताए। 'उखुखेती गरिएको पाँच बिघा जग्गाको धेरै ठाउँमा रोग देखापरेको छ', उनले भने, 'रोगबाट उखु जोगाउनका लागि ढुसीनाशक विषादी छर्कने कार्यमा जुटेको छु। रोपेको १० प्रतिशतमा रोग देखिएको छ।'

अर्का किसान भम्टा रानाले तीन बिघा जग्गामा उखुखेती गरिएकोमध्ये एक बिघा जग्गाको उखु रोगका कारण पूरै सुकेर नोक्सनी भएको बताए।

'ऋण लिएर उखुखेती गरेको थिएँ', उनले भने, 'उखु रोगका कारण सुकेपछि तीन लाख बढीको नोक्सानी व्यहोर्नुपरेको छ।' 'सुरुवातमै रोग लाग्न लागेको बेला ढुसीनाशक विषादी छर्किए यसले नियन्त्रण गर्छ', उखु किसान असारे वडाकले भने, 'रोग लागिसकेपछि नियन्त्रण गर्न गाह्रो हुन्छ।' व्यापकरूपमा रोग फैलिएकाले उखु काटिँदासम्म निकै नोक्सान पुर्‍याउने उनले बताए।

अहिलेसम्म १ सय ५०  किसानले रोपेको उखु बालीमा नोक्सनी भएको छ। यसबाट उनीहरुले ५० लाख रुपैयाँ बढीको नोक्सानी व्यहोरेका छन्। नगरपालिकाको कृषि विकास शाखाका कृषि प्राविधिक हरिश सेठीका अनुसार यस रोगको लक्षण साउनबाट उखुमा लाग्न सुरु हुन्छ। यसको बेलैमा उपचार गरिएन भने पछि यसले उखुमा धेरै नोक्सान पुर्‍याउँछ।

'उखुकोे पातमा सेतो धब्बाहरू देखिने, सुक्ने, डाँठ सानो र खुम्चिने हुन्छ', उनले भने, 'उखुको भित्र-भित्र कुहिदै जान्छ। बेलैमा रोगको पहिचान भए उखुलाई रोग लाग्नबाट बचाउन सकिन्छ।' उखु रोप्दा बीउलाई उपचार गरेर मात्रै रोप्नुपर्ने उनले बताए। बेलौरीका ८० प्रतिशत बढी किसानले उखुखेती गर्दै आएका छन्। रासस


प्रकाशित : मंगलबार, भदौ २८ २०७९०४:२३
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend