बिहीबार , चैत १५ गते २०८०    
images
images

२ सय ९४ रुपैयाँमा २० जीबी डाटा

images
बिजनेस न्युज
images
२ सय ९४ रुपैयाँमा २० जीबी डाटा

 २ सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिन प्रयोग गर्न मिल्ने र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ।

images
images

काठमाडौं- नेपाल टेलिकमले दसैँलक्षित अफर सार्वजनिक गरेको छ। टेलिकमले असोज १९ गतेबाट कात्तिक २ गतेसम्मको लागि अफर योजना सार्वजनिक गरेको हो। यसैगरी दसैँ अफर नै तिहार, न्हुँदया र छठका अफर योजना पनि कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म दिने भएको छ।

images
images
images

यो अफर अन्तर्गत  २ सय ९४ रुपैयाँमा २० जीबी डाटा १० दिन प्रयोग गर्न मिल्ने र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने टेलिकमले जनाएको छ। त्यसैगरी १ दिनका लागि अनलिमिटेड प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुने टेलिकमले जनाएको छ।

images

यसैगरी भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा मा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक, ४० रुपैयाँमा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र  ५सय  रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुने टेकिलमले जनाएको छ।  

images
images

यसैगरी एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध हुने टेकिलमले जनाएको छ। २ सय  देखि ४ सय ९९ रुपैयाँ सम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५सय एमबी र ५ सय रुपैयाँ भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १ हजार २४ एमबी डाटा प्याक उपलब्ध हुने टेलिकमले जनाएको छ।

images

प्रकाशित : सोमबार, असोज १८ २०७८११:०९
प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ