बुधबार, वैशाख १२ गते २०८१    
images
images

आईफोन १४ का चार मोडल सार्वजनिक, ४८ मेगापिक्सेलको क्यामेरादेखि स्याटेलाईट कनेक्टिभिटीको सुविधा

images
images
images
आईफोन १४ का चार मोडल सार्वजनिक, ४८ मेगापिक्सेलको क्यामेरादेखि स्याटेलाईट कनेक्टिभिटीको सुविधा
images
images

काठमाडौं- एप्पलले आईफोन १४ सिरिज सार्वजनिक गरेको छ। 

images
images
images

आईफोन १४ मा चार मोडल एप्पलले सार्वजनिक गरेको हो। प्रो, प्रो मैक्स र आईफोन १४ र प्लस मोडल सार्वजनिक गरेको छ। 

images

प्रो मोडलमा ४८ मेगापिक्सेल सेन्सरको मुख्य क्यामेरा रहेको छ। तीनवटा क्यामेरा सेटिङसहित प्रो मोडल एप्पलको ए१६ चिपसेटमा आधारित छ।

images

अरु दुई मोडल भने ए१५ चिपसेटमा चल्नेछन्। यी मोडलमा १२/१२ मेगापिक्सेलका दुई क्यामेरा सेटिङ छ।

images
images

एप्पलले यही सिरिजबाट फिजिकल सिम ट्रे हटाएर ई सिम मात्र सपोर्ट गर्ने बनाईदिएको छ।

आईफोन १४ मा क्र्यास डिटेक्सन, नेटवर्क नटिप्ने ठाउँमा स्याटेलाईटको माध्यमबाट कनेक्सनको सुविधा थप गरेको छ। स्याटेलाईटबाट आपतकालीन म्यासेजिङको सुविधा हुने छ। तत्काल यस्तो सुविधा अमेरिका र क्यानडामा मात्र उपलब्ध हुने छ।

आईफोन १४ को आधार मूल्य ७९९, प्लसको ८९९ अमेरिकी डलर हुनेछ। त्यस्तै प्रो मोडलमा प्रोको मूल्य ९९९ र म्याक्सको मूल्य १०९९ अमेरिकी डलर रहेको छ। 

त्यस्तै एप्पलले एयरपड्स प्रो, एप्पल वाच सिरिज ८ र वाच अल्ट्रा सार्वजनिक गरेको छ।

images

प्रकाशित : बुधबार, भदौ २२ २०७९०७:०७

प्रतिक्रिया दिनुहोस