आइतबार, वैशाख ७ गते २०८२    
आइतबार, वैशाख ७ २०८२
images
images

इन्जिन बिग्रिएर जहाज ग्राउन्डेड भएको ३७ दिनपछि मर्मतको प्रक्रिया सुरु

जहाज ग्राउन्डेड हुँदा पनि दैनिक दुई हजार डलर खर्च

images
आइतबार, भदौ १९ २०७९
images
इन्जिन बिग्रिएर जहाज ग्राउन्डेड भएको ३७ दिनपछि मर्मतको प्रक्रिया सुरु
images
images

काठमाडौं- नेपाल वायुसेवा निगम (नेपाल एयरलान्स) व्यवस्थापनले इन्जिन बिग्रिएर जहाज ग्राउन्डेड भएको ३७ दिनपछि बल्ल इन्जिन मर्मतको प्रक्रिया सुरु गरेको छ।

images
images
images

निगमको न्यारोबडी, एयर बस ३२० कलसाइन नाइन एन एकेडब्लु (सगरमाथा) साउन १४ गतेबाट ग्राउन्डेड छ। जहाजको दायाँ इन्जिनमा समस्या आएर ग्राउन्डेड भएको थियो।

images
images

ग्राउन्डेड जहाजको बायाँ इन्जिनमा पनि डिसेम्बरमा समस्या देखिएर ७० दिन ग्राउन्डेड भएको थियो। बायाँ इन्जिन मर्मतका लागि इजारायल पठाइए पनि अहिलेसम्म इन्जिन ल्याइएको छैन। पुन: साउन १४ गते बिग्रिएको इन्जिन मर्मतका लागि ३७ दिनपछि टेन्डर गरिएको हो।

images
images

निगमले एयरबस ग्राउन्डेड हुँदा दैनिक १ करोड ११ लाख रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेको छ।

ingine.JPG

न्यारोबडी जहाज ग्राउन्डेड हुँदा निगमले दैनिक एक करोड रुपैयाँभन्दा बढी आम्दानी गुमाइरहेको निगम अर्थ विभागकै कर्मचारीहरू बताउँछन्।

निगमको एयर बस ३२० जहाजको प्रति घण्टा चार्टर रेट ७ हजार ७ सय १० डलर निर्धारण भएको छ। अहिले निगमको उडानमा रहेको अर्को एयर बस ३२० जहाजले दैनिक ११ घण्टा उडान गरिरहेको छ।

सोही हिसाब निगमले एयर बस ३२० सगरमाथा ग्राउन्डेड हुँदा आम्दानी दैनिक ८४ हजार ८ सय १० डलर आम्दानी गुमाइरहेको छ।

कतारमा ७० दिन थन्किएको निगमको न्यारोबडी १२ दिनदेखि पुन: काठमाडौंमा ग्राउन्डेड, दैनिक १ करोड ११ लाख गुमाउँदै कतारमा ७० दिन थन्किएको निगमको न्यारोबडी १२ दिनदेखि पुन: काठमाडौंमा ग्राउन्डेड, दैनिक १ करोड ११ लाख गुमाउँदै


प्रकाशित : आइतबार, भदौ १९ २०७९०४:३२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend