शुक्रबार, चैत २९ गते २०८१    
शुक्रबार, चैत २९ २०८१
images
images

१ करोड ६० लाखमा निर्माण भएको बायोग्यास प्लान्ट सञ्चालनमा आउन सकेन 

images
बिजनेस न्युज
बिजनेस न्युज
बिहीबार , भदौ ९ २०७९
images
images
१ करोड ६० लाखमा निर्माण भएको बायोग्यास प्लान्ट सञ्चालनमा आउन सकेन 

बायोग्यास प्लान्ट निर्माण भएपछि बजारका चौपाया व्यवस्थापन हुने विश्वास आफूहरुको रहेको जनाउँदै उनले यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रहसमेत गरेका छन्। 

images
images

कैलाली- कैलालीको टीकापुर नगरपालिकाले सामुदायिक चौपाया व्यवस्थापन गर्नकै लागि बायोग्यास प्लान्ट निर्माण गरेको छ । नगरपालिकाले सामुदायिक पशु चौपायाका कारण किसान निकै आजित भएपछि यसको व्यवस्थापन गर्ने उद्देश्यले प्लान्ट निर्माण गरेको हो । प्लान्ट निर्माण सम्पन्न भएको महिनौँ हुँदा पनि सञ्चालनमा आउन नसक्दा यसको हैरानी किसानले खेपेका छन् ।

images
images

चौपाया व्यवस्थापन गर्न नसक्दा किसानलाई मात्रै नभई सडकमा सवारीसाधन चलाउनेलाई पनि त्यति नै चुनौती बढ्दै गयो । 'दिउँसोको भन्दा बढी जोखिम सवारी चलाउन राति छ' बसचालक सुमन चौधरीले भने, 'सडकको बीचमा आएर बसेका हुन्छन् । कतिपय ठाउँमा राम्रोसँग नदेखिँदा ठूलो दुर्घटना हुने जोखिम छ।'

images
images

बायोग्यास प्लान्ट निर्माण भएपछि बजारका चौपाया व्यवस्थापन हुने विश्वास आफूहरुको रहेको जनाउँदै उनले यथाशीघ्र सञ्चालनमा ल्याउन आग्रहसमेत गरेका छन्। 

images
images

चौपाया व्यवस्थापन गरिएको क्षेत्रमा नगरपालिकाले चौपायाको गोबरबाट बायोग्यास उत्पादन गरेर स्थानीय विपन्न परिवारलाई वितरण गर्ने योजना बनाएको थियो ।  प्लान्ट निर्माण भएको महिनौ भइसक्दा पनि सञ्चालनमा आउन सकेको छैन।

दुई सय घनमिटर क्षमताको बायोग्यास प्लान्टले उत्पादन सुरु गरेपछि आसपासका स्थानीयले दाउराका लागि गर्दै आएको वन विनाशको क्रम रोकिने विश्वास नगरपालिकाले गरेको छ । बायोग्यास उत्पादनका लागि सामुदायिक चौपायाको व्यवस्थापनमा नगरपालिका जिम्मेवार हुने भएपछि किसान खुसी देखिए पनि प्लान्ट छिटो सञ्चालनमा आउनुपर्ने स्थानीय मनोज चौधरी बताए। 

एक करोड ६० लाखको लागतमा प्लान्ट निर्माणको काम नेपाल ऊर्जा विकास कम्पनीले पाएको थियो । आर्थिक वर्ष २०७६/७७ भदौबाट सुरु भएको थियो । आयोजनाको काम निर्माण कम्पनीले नगरपालिका र वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको संयुक्त लगानीमा बायोग्यास प्लान्ट निर्माण भएको हो । ५५ घरधुरीलाई नगरपालिकाले खाना पकाउनका लागि उक्त बायोग्यास नागरिकको घरघरमा पुर्‍याएको छ । नगरपालिकाका इञ्जीनियर  नवराज जोशीले यसबाट नगरपालिकाभित्रका सामुदायिक चौपाया व्यवस्थापनसँगै स्थानीयले ग्यास प्राप्त गर्नुका साथै खेतका लागि प्राङ्गारिक मलसमेत उत्पादन हुने बताए। 

नगरपालिकाले उक्त बायोग्यास प्लान्टबाटै फोहरको व्यवस्थापन गर्ने तयारीसमेत गरेको छ । बजार क्षेत्रबाट सङ्कलन भएको सड्ने फोहरलाई ग्यास उत्पादनमा प्रयोग गर्ने र त्यसबाट प्रशोधन भएको बाँकी वस्तुलाई मल बनाएर किसानलाई सहुलियतमा वितरण गर्ने योजना रहेको नगर प्रमुख रामलाल डगौंरा थारूले बताए। 

उनले निर्माण कम्पनीले नगरपालिकालाई हस्तान्तरण नगरेका कारण सञ्चालनमा ढिलाइ भएको बताए। रासस

 


प्रकाशित : बिहीबार , भदौ ९ २०७९१०:४९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend