मंगलबार, वैशाख ११ गते २०८१    
images
images

ट्विटर खाता खुलाउन डोनाल्ड ट्रम्पको माग 

images
बिजनेस न्युज
images
images
ट्विटर खाता खुलाउन डोनाल्ड ट्रम्पको माग 
images
images

काठमाडौं- निवर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो ट्विटर खाता खुलाउन माग गरेका छन्। 

images
images
images

गत वर्ष अमेरिकी राष्ट्रपतीय चुनावको मुखमा ट्विटरले बन्द गराइदिएको  खाता खुलाउन माग गर्दै उनले अमेरिकी अदालतमा मुद्दा दायर गरेका छन्। 

images

अमेरिकी जिल्ला अदालत फ्लोरिडामा उनले आफ्नो खाता रिस्टोर गर्नुपर्ने माग गर्दै मुद्दा दिएका हुन्। 

images

सन् २०२१ को जनवरीमा ट्विटरसँग अरू सामाजिक सञ्जालहरुले ट्रम्पको व्यक्तिगत खातामा ब्लक गरिदिएका थिए। ट्रम्पले चुनाव हारेपछि भएको हुलदंगालाई उत्तेजित पारेको भन्दै ट्रम्पको खाता बन्द गरिदिएका थिए। 

images
images

ट्रम्पका वकिलले ट्विटरले शक्ति र नियन्त्रणको अधिक उपयोग गर्दै राजनीतिक विषयमा कैँची लगाउन खोजेको आरोप लगाएका छन्।  

images

प्रकाशित : आइतबार, असोज १७ २०७८०६:४२
प्रतिक्रिया दिनुहोस