शनिबार, वैशाख ८ गते २०८१    
images
images

'प्राधिकरणको ज्यादती नरोकिएसम्म इन्टरनेट सेवा दिन सक्दैनौं'

images
बिजनेस न्युज
images
'प्राधिकरणको ज्यादती नरोकिएसम्म इन्टरनेट सेवा दिन सक्दैनौं'

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रवाह गर्ने वतावरण सुनिश्चित नगरेसम्म र  विद्युत प्राधिकरणको देशभर इन्टरनेट सेवा अवरोध गर्ने गतिविधि नरोकेसम्म देशमा इन्टरनेट सेवा प्रवाह गर्ने अवस्था नरहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

images
images

काठमाडौं- शनिबार नेपाल विद्युत प्राधिकरणले सुनियोजित रुपमा भरतपुर, बुटवल, काठमाडौँ, विराटनगर,  धरान, धनकुटा, ताप्लेजुङ्ग, खाडीचौर, धनगढी लगायतका देशका मुख्य मुख्य ठाउँहरुमा इन्टरनेटको तार काटेको प्रति इन्टरनेट सेवा प्रदायकले आपत्ति जनाएको छ।

images
images
images

शनिबार इन्टरनेट सेवा प्रदायक सघ अइसपानले अति आवश्यक इन्टरनेट सेवालाई अवरोध पुर्याउने उद्देश्यका साथ इन्टरनेट सेवा प्रवाह गरिरहेको फाईबर-तार काटेको प्रति आपत्ति जनाएको हो।

images

सरकारले अति आवश्यक सेवाको रुपमा स्थापित गरिसकेको इन्टरनेट सेवालाई खिल्ली उडाएर र राज्यको कानुन भन्दा पनि माथि उभिएर  दूरसञ्चार ऐन २०५३ लाई समेत उल्लङ्घन गर्दै इन्टरनेट ठप्प पार्ने हेतुले नेपाल विद्युत प्राधिकरण र प्राधिकरणका कर्मचारीहरुले यस्ता किसिमका गैरकानुनी क्रियाकलपहरु गरेका सघको ठहर छ। 

images

अझ भरतपुर र विराटनगरमा : विद्युत प्राधिकरणका भरतपुर वितरण केन्द्र/शाखा कार्यालय र विराटनगर वितरण केन्द्र/ शाखा कार्यालयहरुका कर्मचारीहरुले इन्टरनेट ठप्प पार्न अनेकन गैरकानुनी क्रियाकलाप गर्दै मुख्य ठाउँको इन्टरनेट सेवा प्रवाह गरिरहेको फाईबर-तार छानी छानी काटेका छन्।

images
images

यस कारणले गर्दा अहिले हामी निजी क्षेत्रका इन्टरनेट सेवा प्रदायकहरुको इन्टरनेट सेवा प्रणालीमा ठूलो क्षती पुगेको छ भने, फाईबर-तार काटेर, मर्मत कार्यमा समेत अवरोध पुर्याउन खटिएका प्राधिकरणका  कर्मचारीहरुले गर्दा इन्टरनेट सेवा प्रवाह गर्न नसक्ने अवस्था विद्युत प्राधिकरणले सृजना गराएको छ। यसकारण यी क्षेत्रमा इन्टरनेट ठप्प हुन पुगेको सघले जनाएको छ।

'अहिलेको समयमा देशका विभिन्न भागमा पनि इन्टरनेट सेवा प्रवाह गर्न कठिन छ। कोभिड-१९ को महामारीमा अनलाईन शिक्षा, बैङ्किङ्ग, रोजगारी, स्वास्थ्य, विमान/विमान स्थल जस्तो संवेदनशिल क्षेत्रलाई जोडेको इन्टरनेटलाई अवरोध गर्ने  विद्युत प्राधिकरणको क्रियाकलपहरु अक्षमय रहेको छ' सघले भनेको छ।

विद्युत प्राधिकरणले ७ गुणासम्म पोल भाडादर वृद्धि गरेपछि इन्टरनेटको मूल्य बढ्ने छ। ग्राहकलाई यो भार पर्न नदिन यसको पहलका लागि इन्टरनेट सेवा प्रदायक संघले नेपाल दूरसंचार प्राधिकरण, संचार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय समक्ष्य अपिल गरेको छ। विद्युत प्राधिकरणको यो कार्यलाइ सघले नियोजित भनेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, संचार तथा सूचना प्रविधि मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालय, नेपाल दूरसंचार प्राधिकरणले इन्टरनेट सेवा प्रवाह गर्ने वतावरण सुनिश्चित नगरेसम्म र  विद्युत प्राधिकरणको देशभर इन्टरनेट सेवा अवरोध गर्ने गतिविधि नरोकेसम्म देशमा इन्टरनेट सेवा प्रवाह गर्ने अवस्था नरहेको संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

यो अवस्थाबाट निकाश निकाल्न इन्टरनेट सेवा प्रदायक संघले आफ्ना सम्पूर्ण संयन्त्रलाई प्रयोग गरिरहेको जनाएको छ।  

images

प्रकाशित : शनिबार, असोज १६ २०७८१२:५२
  • सम्बन्धित विषय:

  • # इन्टरनेट सेवा
  • प्रतिक्रिया दिनुहोस