बिहीबार , फागुन २९ गते २०८१    
बिहीबार , फागुन २९ २०८१
images
images

पहिलोपटक नेपाल आउँदै म्यारियटको लक्जरी ब्रान्ड 'सेन्ट रिजिस'

images
बिजनेस न्युज
बिजनेस न्युज
शनिबार, असोज १६ २०७८
images
images
पहिलोपटक नेपाल आउँदै म्यारियटको लक्जरी ब्रान्ड 'सेन्ट रिजिस'

होटल अब नयाँ रुपमा बन्ने छ।  साथै होटल र अपार्टमेन्टको डिजाइन सार्वजनिक भइसकेको छ। २ वटा अपार्टमेन्टमा समिट रेसिडेन्सेस् र समिट सिग्नेचर रेसिडेन्सेस् रहने छ।

images
images

काठमाडौं- ललितपुरको कुण्डोलमा रहेको समिट होटल भत्काएर आधुनिक पाँचतारे लक्जरी होटलसहितको अपार्टमेन्ट निर्माण गर्ने प्रकृया अगाडि बढाइएको छ।  यो होटल व्यवस्थापनमा मेरियट इन्टरनेसनलको पाँचतारे लक्जरी ब्रान्ड ‘सेन्ट रिजिस’ले गर्ने भएको छ।

images
images

अहिलेसम्म विश्वका करिब ६० सहरमा सेन्ट रिजिस होटेल एन्ड रिसोर्ट सञ्चालन भइरहेका छन्, होटेलमा १० हजारभन्दा बढी कोठाहरू रहेका छन्। छिमेकी मुलुक भारतमा यो होटेल एउटा मात्रै मुम्बईमा सञ्चालित छ। चीनका एक दर्जन सहरमा सेन्ट रिजिस होटेल सञ्चालनमा छन्।

images
images

होटल अब नयाँ रुपमा बन्ने छ।  साथै होटल र अपार्टमेन्टको डिजाइन सार्वजनिक भइसकेको छ। २ वटा अपार्टमेन्टमा समिट रेसिडेन्सेस् र समिट सिग्नेचर रेसिडेन्सेस् रहने छ। अपार्टमेन्टका भवन ग्राउन्डबाहेक १७ तलाका रहनेछ र  सिग्नेचर अपार्टमेन्टको रुफटप स्विमिङ पुल हुनेछ। अर्को अपार्टमेन्टका लागि ग्राउन्डमा स्विमिङ पुल समेत निर्माण हुने छ।

images
images

विश्वका सौखिन खर्चालु पर्यटकलाई लक्षित गरेर यो ब्रान्ड ल्याउन लागिएको हो । सन् २०२५ को पर्यटकीय सिजनसम्म होटेल सञ्चालनमा ल्याइसक्ने लक्ष्य राखिएको छ। समिट रेसिडेन्सेस्को १५ तलामाथि (१६ र १७ तला) दुई-दुई तलाका तीनवटा आलिसान पेन्ट हाउस बन्ने छ। पेन्टहाउसमा सञ्चालकहरू नै बस्ने छन्।

अपार्टमेन्ट न्यूनतम मूल्य तीन करोडदेखि सात करोड रुपैयाँसम्म तोकिएको छ। ११ तलासम्म मात्र बुकिङ खुला गरेकोमा करिब सबै अपार्टमेन्ट बुकिङ भइसकेका कम्पनीको दाबी छ ।

समिट होटलमा चौधरी समूह, एनई समूह र समिट समूहको लगानी छ। ‘द समिट होटल एन्ड रेसिडेन्सेस’ नाम दिइएको परियोजना असोजदेखि निर्माण थालनी भएको छ। हाल समिट होटेल रहेको स्थानमा करिब १८ रोपनी क्षेत्रफल छ। होटेलको पुरानो क्लासिक भवन भत्काएर आधुनिक स्ट्रक्चर निर्माण गरिनेछ। 

यो परियोजनामा जग्गासहित साढे ७ अर्ब लगानी हुने बताइएको छ। र समिट राजधानीकै सबैभन्दा आइकोनिक प्रोपर्टी बन्ने दाबी छ। 

यो प्रोजेक्ट मुलुककै सुविधा सम्पन्न हुनेछ। एलिट वर्गलाई तार्गेट गरेर अपार्टमेन्ट निर्माण हुँदैछ भने विश्वका खर्चालु पर्यटकलाई तार्गेट गरेर होटल निर्माण हुँदैछ। होटल र अपार्टमेन्ट सन् २०२५ सम्म निर्माण सम्पन्न गरिसक्ने लक्ष्य राखिएको छ।

‘यो पक्कै पनि सीजी र हाम्रा साझेदारहरूको अर्को महत्वाकांक्षी सोच हो। यो होटलले नेपालको पर्यटन उद्योगलाई नै अर्को तहमा पुर्‍याउनेछ र नेपालमा गुणस्तरीय पर्यटक आगमनमा नयाँ ढोका खोल्नेछ’, प्रवक्ता पौडेलले भने, ‘यस्ता परियोजनाहरू लगानीका दृष्टिकोणले निजी क्षेत्रको भए पनि अन्तर्राष्ट्रियस्तरमा नेपालको छवि बदल्ने काम गर्नेछन्।’

यस परियोजनामा १२० वटा लक्जरी अपार्टमेन्ट निर्माण हुनेछन्। ९६ वटा रेसिडेन्सियल अपार्टमेन्ट हुनेछन्, जुन व्यक्तिलाई बिक्री गरिनेछ। २४ वटा सर्भिस अपार्टमेन्ट हुनेछन्, जुन लामो समय बस्ने खर्चालु पर्यटकलाई लक्षित गरी निर्माण गर्न लागिएको हो।

होटलमा १३० कोठाहरू हुनेछन्। २४ वटा सर्भिस अपार्टमेन्टलाई पनि होटलकै रुपमा प्रयोग गरिनेछ। चौधरी ग्रुपको कान्तिपथमा पनि पाँचतारे लक्जरी होटल सञ्चालनमा ल्याउने योजना छ। यो होटलमा पनि करिब ५ अर्ब रुपैयाँ लगानी हुनेछ।

यसअघि ग्रुपले झम्सिखेलमा भिभान्ता, चितवनको मेघौलीमा मेघौली सेराई, जंगल सफारी लज र भरतपुरमा एउटै छानामुनि सपिङ मल, मल्टिप्लेक्स, रेष्टुरेन्ट, स्वीमिङ पुल, गेमिङ जोनसहितको द फर्न ब्राण्डमा होटल चितवन सञ्चालनमा ल्याइसकेको छ।


प्रकाशित : शनिबार, असोज १६ २०७८०८:३८
  • सम्बन्धित विषय:

  • # सेन्ट रेगिज
  • # समिट रेसिडेन्सेस्
  • # समिट सिग्नेचर रेसिडेन्सेस्
  • प्रतिक्रिया दिनुहोस
    कार्यकारी सम्पादक

    केदार दाहाल

    सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

    २८३८/०७८-७९

    © 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend