बिहीबार , चैत १५ गते २०८०    
images
images

टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे मार्फत

images
images
टिएमएस खरिदको भुक्तानी तथा कोलेटरल लोड अब आइएमई पे मार्फत
images
images

काठमाडौं- सेयर लगानीकर्ताले आफ्नो  टिएमएस मार्फत आइएमई पे छनौट गरि आफूले ब्रोकरलाई  सेयर खरिद गरे बापत गर्नुपर्ने भुक्तानी साथै सेयर खरिद गर्न चाहिने कोलेटरल लोड गर्न सक्नेछन्। हाल यो सुबिधा ३५ वटाभन्दा बढी ब्रोकरहरुमा उपलब्ध छ। आगामी दिनमा बाँकी ब्रोकरहरु पनि थपिने कम्पनीले बताएका छन्।

images
images
images

टिएमएसमा धितो लोड गर्दा र फन्ड सेटलमेन्ट गर्दा आइएमई पेरोजी सजिलै कारोबार गर्न सकिने हुँदा यसले सेयर कारोबार गर्ने सबैलाई थप सहज हुने साथै भुक्तानी सेवा प्रदायक यसरी टिएमएसमा जोडिनुले नेपालको सेयर बजारलाई डिजीटाइज गर्न थप टेवा पुग्ने कम्पनीका प्रमुख व्यापार अधिकृत प्रमोदमान सिंह बस्नेतले उल्लेख गरेका छन्।

images

यो भुक्तानी रियल–टाईममा हुने भएकोले ब्रोकर तथा सेयर लगानीकर्ता दुवैले ढुक्कै कारोबार गर्न सक्नुहुनेछ। यो सुविधा प्रयोग गर्ने सेयर लगानीकर्तालाई हालको लागि कुनै सेवा शूल्क नलाग्ने गरी व्यवस्था मिलाइएको छ। 

images
images

 

images

प्रकाशित : मंगलबार, साउन २४ २०७९१२:२६

प्रतिक्रिया दिनुहोस
images
ट्रेन्डिङ