बुधबार, वैशाख १२ गते २०८१    
images
images

मोबाइल फोनमा देखियो आयात प्रतिबन्धको प्रभाव, असारमा एउटै आयात भएन

images
images
images
मोबाइल फोनमा देखियो आयात प्रतिबन्धको प्रभाव, असारमा एउटै आयात भएन
images
images

काठमाडौं- विदेशी मुद्राको सञ्चिति घट्दै जाँदा लगाइएको आयात प्रतिबन्धको प्रभाव मोबाइल फोनमा देखिएको छ। असारमा मोबाइल फोनको आयात शून्यमा झरेको छ। 

images
images
images

सरकारले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा बैशाख १३ गतेदेखि आयातमा लगाएको प्रतिबन्धलाई परिमार्जनसहित भदौ १४ गतेसम्म पुर्‍याउने निर्णय गरेको हो। योसँगै मोबाइल आयातमा थप कडाइ गरिएको छ।

images

गत आर्थिक वर्ष ३८ अर्ब ६ करोड ६९ लाख रुपैयाँको मोबाइल फोन आयात भएको थियो।

images

सरकारले लगाएको आयातको प्रतिबन्धलाई भदौ १४ गतेसम्म पुर्‍याउने जनाएको छ। जसमा ३ सय डलर माथिका स्मार्ट फोनहरुसहित कुरकुरे, कुरमुरे, लेज र त्यस्तै उत्पादनहरु, सबै प्रकारका तयारी मदिरा, चुरोट तथा सूर्तिजन्य बस्तु, हिरा (औधोगिक कच्चा पदार्थ बाहेक),३२ इन्चमाथिका रङगिन टेलिभिजन, जिप/कार/भ्यानहरु, १५० सीसी माथिका मोटरसाइकल, सबै प्रकारका खेलौनाहरु र खेल्ने तास रहेका छन्। 

images
images

images

प्रकाशित : सोमबार, साउन २३ २०७९०४:०१

प्रतिक्रिया दिनुहोस