आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

हिमालयन बैंकसँग एक्विजिशनमा जान लागेको सिभिल बैंक अर्ब क्लबमा, अन्य सूचक कस्तो?

शनिबार, साउन २१ २०७९
हिमालयन बैंकसँग एक्विजिशनमा जान लागेको सिभिल बैंक अर्ब क्लबमा, अन्य सूचक कस्तो?

काठमाडौं- सिभिल बैंकले हिमालयन बैंकसँग एक्विजिशनमा जाने सम्झौता गरेको सिभिल बैंकले नाफामा छलाङ मारेको छ। बैंकले पहिलो पटक १ अर्बभन्दा बढी नाफा कमाएको हो।

सिभिल बैंकले आर्थिक २०७८/७९ मा १ अर्ब ३८ करोड रुपैयाँ नाफा आर्जन गरेको हो। अघिल्लो वर्ष बैंकले नाफा ५२ करोड ७७ लाख रुपैयाँ नाफा कमाएको थियो। बैंकले अघिल्लो वर्षभन्दा ८५ कराड २३ लाख बढी नाफा आर्जन गरेको छ।

बैंकको वितरणयोग्य नाफा नै १ अर्ब रुपैयाँ रहेको छ। जसअनुसार बैंकको लाभांश क्षमता ११ प्रतिशत रहने छ। सिभिल बैंकको ९ अर्ब ७ करोड रुपैयाँ चुक्तापुँजी पुगेको छ। बैंकले ब्याज आम्दानीबाट ३ अर्ब ६४ करोड कमाएको छ। अघिल्लो वर्ष ब्याज आम्दानीबाट २ अर्ब २१ करोड थियो। बैंकको पुँजीकोष अनुपात १६.०५ प्रतिशत छ।

यस्तै कर्जा निक्षेप अनुपात ८५.४६ प्रतिशत छ। बेसरेट १०.४६ प्रतिशत र खराब कर्जा अनुपात १.०८ प्रतिशत छ। बैंकको स्प्रेडदर ४.२९ प्रतिशत छ जुन अघिल्लो वर्ष २.५२ प्रतिशत थियो। बैंकको प्रतिसेयर आम्दानी १५.२६ रुपैयाँ छ। 

असार मसान्तसम्म बैंकको निक्षेप ९४ अर्ब ४९ करोड तथा कर्जा ८३ अर्ब ४४ करोड छ। अघिल्लो वर्ष असार मसान्तमा बैंकमा निक्षेप ८८ अर्ब तथा कर्जा ७९ करोड थियो।


प्रकाशित : शनिबार, साउन २१ २०७९०२:१२

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend