आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

अभियान लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन पाइने

बिजनेस न्युज
बिजनेस न्युज
बुधबार, साउन १८ २०७९
अभियान लघुवित्तको आईपीओमा आजदेखि आवेदन दिन पाइने

काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले आजदेखि सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ।

कम्पनीले प्रतिसेयर एक सय रुपैयाँ अङ्कित ९ करोड ७५ लाख मूल्य बराबरका ९ लाख ७५ हजार कित्ता प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) सर्वसाधारणमा निष्कासन गर्न लागेको हो।

कम्पनीको सार्वजनिक आह्वानपत्रअनुसार  निष्कासन गर्न लागेको कुल नौ लाख ७५ हजार कित्ता सेयरमध्ये जारी पूँजीको शून्य दशमलव पाँच प्रतिशत अर्थात् १२ हजार पाँच सय कित्ता कर्मचारीका लागि तथा पाँच प्रतिशत अर्थात् ४८ हजार सात सय ५० कित्ता सामूहिक लगानीकोषलाई सुरक्षित गरी बाँकी नौ लाख १३ हजार सात सय ५० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले यही साउन २२ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ १ गतेसम्म समय थप हुने पत्रमा उल्लेख छ।

निष्कासन गरिएको सेयरमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि तीन हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आवेदकले अनुमतिप्राप्त सी-आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरो सेयरको वेबसाइट तथा एपमार्फत आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाइ इक्रा नेपालले (इक्राएनपी आइआरबीबी माइनस) रेटिङ प्रदान गरेको छ। रासस


प्रकाशित : बुधबार, साउन १८ २०७९०५:०९
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend