आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

दोस्रो बजारका तीन ठूला कम्पनी नबिल, निफ्रा र नेपाल लाइफको सेयर मूल्य उकालोतर्फ, पुन: उच्च मूल्यमा पुग्ला?

मंगलबार, साउन १७ २०७९
दोस्रो बजारका तीन ठूला कम्पनी नबिल, निफ्रा र नेपाल लाइफको सेयर मूल्य उकालोतर्फ, पुन: उच्च मूल्यमा पुग्ला?

काठमाडौं- गएको सातादेखि हरियाली छाइरहेको सेयर बजारमा लगातार १७८.६२ अंकको वृद्धिपछि उतारचढावबीच मंगलबार झिनो अंकको गिरावट देखिएको छ।

गएको साता र यो साता आइतबार र सोमबार दुई दिनको कारोबारमा गरी बजारमा देखिएको १७८.६२ अंकको वृद्धिले सकारात्मक संकेत गरेपनि मंगलबारको उतारचढाव फरक रह्यो। 

पछिल्लो समयका तीन ठूला राम्रा कम्पनीहरूको सेयर मूल्य घटेर सस्तो भएको थियो। नबिल बैंक, नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा)को सेयर मूल्य विस्तारै बढ्ने गतिमा देखिएका छन्। 

नबिल बैंकको सेयर पछिल्लो दुई सातामा १५१ रुपैयाँले बढेर मंगलबारसम्म आइपुग्दा ८७७ रुपैयाँमा अन्तिम कारोबार भएको छ। लगातार घटिरहेको नबिल बैंकको घट्दो क्रममा ब्रेक लागेको अनुमान गरिएको छ।  

बैंकको सेयर मूल्य यसअघि घढेर १७४० रुपैयाँसम्म पुगेको थियो भने समायोजना हुँदा ९८५ रुपैयाँमा भएको थियो। त्यसबाट पनि ओरालो लगेर ७२६ रुपैयाँमा झरेको थियो। बैंकको चुक्ता पुँजी १८ अर्ब ४९ करोड पुगेको छ। बजार पुँजीकरण १ खर्ब ६२ अर्ब रुपैयाँ रहेको छ। 

दोस्रो बजारको ‘ब्लुचिप’ नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य लगातार घटिरहे पनि पछिल्लो साता मात्रै प्रतिकित्ता १४९ रुपैयाँ बढेर ८०३ रुपैयाँ कामय भएको छ। प्रतिकित्ता ३००० रुपैयाँसम्म पुगेको कम्पनीको सेयर मूल्य ६५४ रुपैयाँसम्म झरेको थियो। अहिले बढेर ८०३ सम्म पुगेको छ। कम्पनीको बजार पुँजीकरण ६५ अर्ब ९० करोडमा झरेको छ। कम्पनीको चुक्ता पुँजी ८ अर्ब २० करोड रुपैयाँ रहेको छ। 

उत्कृष्ट नाफा र आईपीओ जारी गरेकै वर्ष उच्च लाभांश दिँदा पनि नेपाल इन्फ्राष्ट्रक्चर डेभलपमेन्ट बैंक (निफ्रा) को सेयर मूल्य लगातार घटेर पुनः बढ्न थालेको छ। दोस्रो बजारमा कारोबार सुरु हुँदा लगातार बढेको ७२६ रुपैयाँसम्म पुगेको सेयर मूल्य प्रतिकित्ता २२१ रुपैयाँमा आइपुगेको थियो। पछिल्लो समय बढेर पुनः कम्पनीको सेयर मूल्य २५९ रुपैयाँ भएको छ। अन्य कम्पनीका हिसाबले निफ्राको सेयर मूल्य अझै पनि बढ्न सकेको छैन। 

कम्पनीको बजार पुँजीकरण घटेर ५५ अर्ब ९४ करोडमा आइपुगेको छ। निफ्राको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँ पुगेको छ। 


प्रकाशित : मंगलबार, साउन १७ २०७९११:१३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend