शुक्रबार, असार १९ गते २०८३    
शुक्रबार, असार १९ २०८३

डलर सटहीमा कडाइ, कुन देशमा कति लान पाइने?

बिहीबार , असोज १४ २०७८
डलर सटहीमा कडाइ, कुन देशमा कति लान पाइने?

सरकारले विदेश जाने नेपाली नागरिकले साथमा पाँच सय अमेरिकी डलर लान पाउने व्यवस्था परिवर्तन गरेको छ। जसबाट खाडी मुलुक, सार्क राष्ट्रमा भएका देश साथै मलेसिया र थाइल्याण्ड जाने नेपालीले २ सय ५० अमेरिकी डलर मात्र साथमा लान पाउने भएका छन्। 

काठमाडौं- सरकारले विदेश जाने नेपाली नागरिकले साथमा पाँच सय अमेरिकी डलर लान पाउने व्यवस्था परिवर्तन गरेको छ। जसबाट खाडी मुलुक, सार्क राष्ट्रमा भएका देश साथै मलेसिया र थाइल्याण्ड जाने नेपालीले २ सय ५० अमेरिकी डलर मात्र साथमा लान पाउने भएका छन्। 

यसअघि अध्यागमन कार्यविधि, २०६५ अनुसार पर्यटकीय वा अन्य प्रयोजनका लागि विदेश जाने नेपालीको हकमा सबै देशमा पाँच सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा लान पाउने व्यवस्था रहेको थियो। 

मन्त्रीपरिषदको बुधबारको बैठकले कार्यविधिमा भएको व्यवस्था परिमार्जन गर्दै युरोप, अमेरिका, जापान र कोरिया जाने नेपाली र खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपालीले साथमा लान पाउने डलरबारे फरक निर्णय गरेको हो। 

जसअनुसार युरोप, अमेरिका, जापान र कोरिया जाने नेपालीले खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्युनतम पाँच सय अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण देखाउनुपर्ने छ। 

खाडी मुलुक, सार्क राष्ट्र, मलेसिया र थाइल्याण्ड जाने नेपालीले खर्च व्यहोर्ने व्यक्ति वा संस्थाको सबै व्यहोरा खुलेको पत्र वा साथमा न्युनतम २ सय ५० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा सटही गरेको प्रमाण देखाउनुपर्ने छ। त्यसबाहेक अन्य मुलुकमा जाने नेपालीले पाँच सय अमेरिकी डलर लान पाउने छन्। 

त्यसरी लाने डलर वा अन्य विदेशी मुद्रा लैजाँदा नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त ‘क’ वर्गको बैंकबाट सटही गर्ने र सटही गर्दा व्यक्ति स्वयं उपस्थित भएर आयस्रोत खुलाउनुपर्ने अनिवार्य व्यवस्थासमेत गरेको छ। 

यस्तो छ निर्णय-

dollor satahi.jpg


प्रकाशित : बिहीबार , असोज १४ २०७८०८:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend