शनिबार, वैशाख २७ गते २०८२    
शनिबार, वैशाख २७ २०८२
images
images

शिवम सिमेन्टको सेयर खरिदमा झुम्मिए लगानीकर्ता, कति आउला लाभांश?

images
सोमबार, साउन १६ २०७९
images
शिवम सिमेन्टको सेयर खरिदमा झुम्मिए लगानीकर्ता, कति आउला लाभांश?
images
images

काठमाडौं- आकर्षक लाभांश दिने चर्चा भएपछि शिवम सिमेन्टको सेयर कारोबारमा प्रत्येक दिन रेकर्ड कायम भएको छ। पछिल्लो दुई सातादेखि बढेको शिवम सिमेन्टको सेयर मूल्य ८४८ रुपैयाँमा सोमबार अन्तिम कारोबार भएको छ। सोमबार पनि शिवम सिमेन्टको सेयर मूल्य प्रतिकित्ता ३० रुपैयाँले बढेको छ। 

images
images
images

कम्पनीको सेयर उच्च मूल्य १९१० रुपैयाँमा पुगेको थियो। लगातार घटेर शिवमको सेयर प्रतिकित्ता ६५४ रुपैयाँसम्म झरेको थियो। अहिले बढेर ८४८ रुपैयाँ पुगेको छ। केही दिन यता १ सय ९४ रुपैयाँले बढेको छ। कम्पनीले आकर्षक लाभांश दिन सक्ने भएकोले पनि शिवमको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका छन्।

images
images

सोमबार शिवमको सेयर ४ लाख ५४ हजार कित्ता किनबेच हुँदा सबैभन्दा धेरै ३१ करोडा ३८ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। सेयरधनीलाई कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २९ प्रतिशत नगद लाभांश दिएको थियो। कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ३७ अर्ब रहेको छ। अब आउने वर्ष कम्पनीले ३० देखि ३५ प्रतिशतसम्म लाभांश दिने सक्ने क्षमता राख्ने अनुमान गरिएको छ। 

images
images

कम्पनीले आगामी वर्षपनि उच्च लाभांश दिने भन्ने अनुमानमा लगानीकर्ताहरु सस्तो मूल्य भएको सेयर किन्ने अवसरका रुपमा लिएका छन्। तुलनात्मक रुपमा सस्तोमा खरिद गर्न पाएपछि कम्पनीको सेयर किन्नेहरु झुम्मिदा मूल्य बढेको हो।  


प्रकाशित : सोमबार, साउन १६ २०७९१०:४३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2025 All right reserved to biznessnews.com  | Site By : SobizTrend