आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

व्यापक उतारचढावमा सेयर बजार, लगातार १७८ अंकको वृद्धिले लोभ्याउँदो अवस्थामै थामियो

सोमबार, साउन १६ २०७९
व्यापक उतारचढावमा सेयर बजार, लगातार १७८ अंकको वृद्धिले लोभ्याउँदो अवस्थामै थामियो

काठमाडौं- गएको साता १२२.८९ अंकले बढेर विश्वासको वातावरण फर्काउँदै यो साता आइतबार ५४.५८ अंकले बढेको सेयर बजार सोमबार फेरि स्थिर देखिएको छ। ठूला लगानीकर्ताले आफ्नो नाफा सुरक्षित गर्न 'हरियो घाँस देखाइरहेको' बजारले सुधारको स्थायी आधार अझै भेट्न नसकेको विश्लेषकहरू बताउँछन्। 

गएको साता र यो साता आइतबार र सोमबारसमेत गरी बजारमा देखिएको १७८.६२ अंकको वृद्धिपछि थामिएको छ। सोमबार १.१५ अंकको झिनो वृद्धिसँगै बजार २१९६.२५ बिन्दुमा पुगेको छ। जहाँ ४ अर्ब ६७ करोड रुपैयाँको कारोबार भएको छ। 

अहिलेको अवस्थामा ठूलो अंकको वृद्धिपछि बजारमा करेक्सन आएको नभइ फेरि पनि चलखेलमै देखिएको विश्लेषकहरू बताउँछन्।विश्वासयोग्य वातावरण बनेको भनिएको सेयर बजारमा फेरि पनि ठूला लगानीकर्ताकै चलखेल देखिएको उनीहरूको भनाइ छ। लामो समयदेखि घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ।

गएको सातादेखि लगानीकर्ताले विश्वस्त हुने केही आधार भेटे पनि बजार अझै उचाइमा जान अन्य सूचकहरू नरहेको बताइरहँदा गएको सातादेखिको अवस्थाले ठूलो अंकको वृद्धि देखिएको थियो। विश्लेषकहरू अहिलेको उतारचढावपूर्ण अवस्थाले बजारलाई २५ सय बिन्दुको हाराहारीमा पुर्‍याउने देखिएको भए पनि पहिलेको उच्च बिन्दु भेट्न भने समय लाग्ने बताउँछन्। 

तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ। यस्तोमा बजारमाथिको चलखेल र अनावश्यक क्रियाप्रतिक्रियासमेत बढिरहेको छ। नीतिगत निर्णय र बजारका सूचकहरूको आधारमा भन्दा लहडका भरमा चलिरहेको आरोप लाग्ने सेयर बजारमा अहिलेको अवस्थालाई पनि बजार उच्च अंकतर्फ फर्किने संकेतका रुपमा अर्थ्याउन नमिल्ने विश्लेषकहरू बताउँछन्।  


प्रकाशित : सोमबार, साउन १६ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend