आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो कति?

आइतबार, साउन १५ २०७९
प्रभु र सेञ्चुरी बैंकबीच मर्जर सम्झौता, स्वाप रेसियो कति?

काठमाडौैं- प्रभु र सेञ्चुरी बैंकबीच मर्जरमा जाने सम्झौतामा सहमति भएको छ।

आइतबार दुई बैंकबीच मर्जरसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको प्रभु बै‌ंकका अध्यक्ष लिलाप्रकाश सिटौलाले बिजनेस न्युजलाई बताए।

उनका अनुसार स्वाप रेसियो पछि तय गर्नेगरी दुई बैंकबीच सम्झौता भएको हो। तर सेन्चुरी बैंक स्राेतले भने तत्काल १००:१०० स्वाप रेसियाे मर्जरमा सम्झौता दाबी गरेको छ। सम्पत्ति दायित्व मूल्यांकन (डीडीए) गर्ने  र पछि स्वाप रेसियो तलमाथि  समेत हुन सक्ने दाबी प्रभु बैंक स्रोतको छ।

यसअघि स्वाप रेसियोमा कुरा नमिल्दा मर्जर सम्झौता हुन सकेको थिएन। पुस मसान्तभित्रै एकीकृत कारोबार गर्ने गरी आइतबार मेरियट होटलमा सम्झौता भएको हो।

मर्जरपछि बैंकको नाम प्रभु रहने र सीईओमा प्रभु बैंकका सीईओ अशोक शेरचनले नै निरन्तरता पाउने सहमति भएको छ।

साथै बैंकको सञ्चालक समितिमा प्रभुको तर्फबाट ४ र सञ्चुरीको ३ गरि ७ सदस्यीय हुनेछ।

सेञ्चुरीको चुक्तापुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। प्रभुको चुक्तापुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्जर भएपछि २२ अर्ब चुक्तापुँजीको बैंक बन्ने छ।


प्रकाशित : आइतबार, साउन १५ २०७९१४:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend