आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

महिनौँदेखि लगातार घटिरहेको टेलिकमको सेयर मूल्यमा उछाल, चारदिनमै लगानीकर्ताले कमाए १५२ रुपैयाँ

सोमबार, साउन १६ २०७९
महिनौँदेखि लगातार घटिरहेको टेलिकमको सेयर मूल्यमा उछाल, चारदिनमै लगानीकर्ताले कमाए १५२ रुपैयाँ

काठमाडौं- महिनौँदेखि लगातार घटिरहेको नेपाल टेलिकमको सेयर मूल्य बढ्न थालेको छ। आइतबारमात्रै प्रतिकित्ता २१ रुपैयाँ बढेर ९८० मा अन्तिम कारोबार भएको छ। नेपाल टेलिकमको सेयर मूल्य पछिल्लो दुईवर्षयताकै सस्तो भएको थियो। आइतबार मात्रै १ लाख ५४ हजार कित्ता कारोबार भएको थियो। 

पछिल्लो ५२ हप्तामा टेलिकमको सेयर मूल्य उच्चतम १७९९ रुपैयाँसम्म कारोबार भएको थियो। कम्पनीको सेयर मूल्य घटेर ८२८ रुपैयाँसम्म झरेको थियो। उच्च मूल्यबाट कम्पनीको सेयर मूल्य लगातार घट्दा लगानीकर्ताले प्रतिकित्ता ९७१ रुपैयाँ गुमाएका थिए। कम्पनीका लगानीकर्ताले पछिल्लो चारदिनमै १५२ रुपैयाँ कमाएका छन्। 

ntc.PNG

लाभांशपछि टेलिकमको सेयर मूल्य घटिरहेको थियो। सेयर मूल्य लगातार घटेपछि बजार पुँजीकरण १ खर्बले घटिसकेको छ। इतिहासमै पहिलो पटक २० प्रतिशत सेयर र २० प्रतिशत नगद गरी ४० प्रतिशत लाभांश दिएको थियो। 

ठूला लगानीकर्ताले सूचना चुहाएर सेयर मूल्य बढाउने र लाभांश घोषणापछि बिक्री गरेर बाहिरिदिँदा सेयर मूल्य लगातार घटिरहेको आरोपसमेत लागेको थियो। कम्पनीको सूचना चुहाएर एक वर्षयताकै महँगो मूल्य १७९९ रूपैयाँसम्म सेयर मूल्य पुगेको आरोपसमेत लगाएका थिए। 

तेस्रो त्रैमासिक अवधि २०७८ चैत्र मसान्तमा ५ अर्ब ४३ करोड ५३ लाख ४७ हजार नाफा कमाएको टेलिकमले कमाएको छ। कम्पनीको चुक्ता पुँजी १७ अर्ब ९९ करोड रुपैयाँ रहेको छ। 

कम्पनीले १० वर्षयता ४० प्रतिशतभन्दा कम लाभांश दिएको छैन। सबैभन्दा धेरै आर्थिक वर्ष २०७३/७४ मा ५५ प्रतिशत लाभांश दिएको थियो। बजार पुँजीकरण १ खर्ब ७६ अर्ब रुपैयाँ पुगेको छ। केही समय अगाडि कम्पनीको बजार पुँजीकरण २ खर्ब ५७ रुपैयाँ रहेको थियो। 


प्रकाशित : सोमबार, साउन १६ २०७९०१:१८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend