आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबारमा रोक, हकप्रदमा प्रक्रिया मिचेको भन्दै सोधियो स्पष्टीकरण

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन १५ २०७९
हिमाल दोलखा हाइड्रोपावरको सेयर कारोबारमा रोक, हकप्रदमा प्रक्रिया मिचेको भन्दै सोधियो स्पष्टीकरण

काठमाडौं- नेपाल स्टक एक्सचेञ्जले हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको सेयर कारोबारमा रोक लगाएको छ।

नेप्सेले सेयर धनीलाई उपलब्ध गराउने भनेको हकप्रद सेयरका सम्बन्धमा जानकारी गराउने प्रक्रिया र विधि नमिलेको तथा कारोबार समयमा नै उक्त जानकारी दिएको भन्दै तीन दिनभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको छ।

नेप्सेको कारोबार समयभित्र सञ्चालक समितिको बैठकले आफ्ना सेयरधनीलाई हकप्रद सेयर दिने प्रस्ताव गरेको हो? भन्ने प्रश्न राख्दै तीन दिनभित्र के कति कारणले त्यस्तो भएको हो भन्नेबारेमा जानकारी गराउन निर्देशन दिएको छ।

सर्वसाधारणलाई सूचनाको पहुँचबाट वञ्चित गराइ कम्पनीले सेयर मूल्यमा प्रभाव पारेको देखिन आएको जनाइएको छ। रासस 


प्रकाशित : आइतबार, साउन १५ २०७९०९:५०
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend