आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य आधा दशकयताकै सस्तो, सस्तो हुँदासमेत लगानीकर्ता अझै किन त्रासमा?

शनिबार, साउन १४ २०७९
नेपाल लाइफ इन्स्योरेन्सको सेयर मूल्य आधा दशकयताकै सस्तो, सस्तो हुँदासमेत लगानीकर्ता अझै किन त्रासमा?

काठमाडौं- दोस्रो बजारको आकर्षक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको सेयर मूल्य घटेर आधा दशकयताकै सस्तो भएपनि लगानीकर्ताहरू अझै खरिद गर्ने मुडमा छैनन्। जसका कारण सेयर मूल्य लगातार घटिरहेको छ।

पाँच वर्षअगाडि कम्पनीको सेयर मूल्य ९०० रहेको थियो। अहिले घटेर ७६० रुपैयाँमा कारोबार भएको छ। साताको अन्तिम दिन कारोबारमा कुनै परिवर्तन आएन। गत वर्ष इन्स्योरेन्सको सेयर मूल्य ३००० रुपैयाँसम्म पुगेको थियो। अहिले घट्दा लगानीकर्ताले प्रतिकित्ता २२४० रुपैयाँ गुमाएका छन्। 

गतवर्षको नाफाबाट कम्पनीले १४ प्रतिशत मात्रै लाभांश दिएकोसँथै सेयर मूल्य ओरालो लागेको थियो। जब कि कम्पनीले अझै एक आर्थिक वर्षको लाभांश वितरण गर्न बाँकी छ। बीमा कम्पनीहरूमध्ये सर्वाधिक पुँजी तथा बजार हिस्सा रहेको नेपाल लाइफलाई चुक्ता पुँजीको पनि दबाब छैन। तर सेयर मूल्य लगातार घटिरहेको छ।

nlic.PNG

समग्र सेयर बजार ३२०० मा पुग्दा नेपाल लाइफको सेयर मूल्य ३००० सम्म पुगेको थियो। जुन सेयर मूल्य पाँच वर्षयताकै सस्तो भएको छ। पछिल्लो एक वर्षदेखि लगातर घटिरहेको सेयर मूल्य ५२ हप्ता अगाडि उच्चमा २०८५ रुपैयाँ थियो। केही साता अगाडि सेयर मूल्य ६५४ रुपैयाँमा झरेको थियो।

जीवन बीमा कम्पनीको पुँजी ५ अर्ब र निर्जीवन बीमा कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय बीमा समितिले गरेको छ। बीमा समितिको यो निर्णयअनुसार कम्पनीहरूले पुँजी बढाउनुपर्ने भएको छ। यसअघि जीवन बीमा कम्पनीको २ अर्ब र निर्जीवनको चुक्ता पुँजी १ अर्ब रुपैयाँ थियो। जब कि कम्पनीको मूल्य उच्च हुँदा पुँजीकरण २ खर्ब नाघेको थियो। 

समितिको निर्णयसँगै जीवन बीमा कम्पनीहरूमध्ये नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाहेक सबैलाई चुक्ता पुँजी बढाउने दबाबमा छन। लाभांशपछि नेपाल लाइफको चुक्तापुँजी ८ अर्ब २० करोड रुपैयाँ पुगेको छ। बजार पुँजीकरण घटेर ६२ अर्बमा आइपुगेको छ। 


प्रकाशित : शनिबार, साउन १४ २०७९०२:०३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend