आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन १३ २०७९
ग्लोबल आइएमई बैंकको ५२औँ एक्सटेन्सन काउन्टर लमजुङको सोतीपसलमा

काठमाडौं- ग्लोबल आइएमई बैंक लिमिटेडले लमजुङ जिल्लाको मध्यनेपाल नगरपालिका वडा नं ३, सोतीपसलमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ। बैंकले सेवाग्राहीको बढ्दो चाप र बिस्तारित बैंकिङ्ग सेवाको आवश्कतालाई मध्यनजर गर्दै भोर्लेटार शाखाको मातहतमा रहनेगरी उक्त एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो। 

“सबैका लागि बैंक” भन्ने नाराका साथ २९ लाख भन्दा बढि ग्राहकहरू माझ सेवा प्रदान गर्दै आइरहेको ग्लोबल आइएमई बैंकले मुलुकभर तथा मुलुक बाहिर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ७७ जिल्लामा २८९ शाखा, २६५ एटीएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढि सेवा केन्द्रबाट ग्राहकलाई सेवा प्रदान गरिरहेको बैंकले जनाएको छ। 


प्रकाशित : शुक्रबार, साउन १३ २०७९११:२७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend