सोमबार, वैशाख २४ गते २०८१    
images
images

सेयर बजारमा हरियाली साता; १२२ अंकको वृद्धिले गर्‍यो सुखद संकेत, आउने साता के होला?

images
images
images
सेयर बजारमा हरियाली साता; १२२ अंकको वृद्धिले गर्‍यो सुखद संकेत, आउने साता के होला?
images
images

काठमाडौं- सेयर बजारमा यो सातभरको अवस्था सुखद देखिएको छ। नयाँ मौद्रिक नीतिपछि आइतबारदेखि नै उचालिएको बजारको अवस्था साताको अन्तिम कारोबारमा श‍ुक्रबार पनि हरियाली नै रह्यो। साताभर समग्रमा बजार १२२.८९ अंकले बढेको छ।

images
images
images

शुक्रबार १२.९२ अंकले बढेर बजार २१४०.३९ बिन्दुमा पुगेको छ। जहाँ २ अर्ब १९ करोड रुपैयाँको कारोबार भएको छ। जसमा १०३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७१ कम्पनीको मूल्य घटेको छ। ९ कम्पनीको मूल्यमा परिवर्तन भएको छैन। 

images

आर्थिक वर्ष २०७९/०८० को मौद्रिक नीतिमार्फत भएको सम्बोधनले सेयर बजारमा साताको पहिलो कारोबारमा आइतबार उत्साह देखिएको थियो। आइतबार ६१.०५ अंकले बढेको बजारमा सोमबार ५४.४५ अंकको वृद्धि देखियो। मंगलबार ४४.८० अंकले घटेको बजारमा बुधबार २३.८३ अंकको वृद्धि देखियो। बिहीबार १५.४४ अंकले बढेर बजार २१२७.४२ बिन्दुमा पुगेको थियो।

images

नेपाल राष्ट्र बैंकको नयाँ मौद्रिक नीति साथै नेपाल धितोपत्र बोर्डको नीति तथा कार्यक्रम आएको यो साता लगानीकर्ताहरूमा विश्वासको वातावरण फर्किएको चर्चा भइरहेको छ। मौद्रिक नीतिमार्फत सेयर बजारलाई केही सहज हुनेगरीका व्यवस्था ल्याएको चर्चा भइरहँदा धितोपत्र बोर्डको नीतिले आगामी कदम भने अहिले नै यकिन गर्न मुस्किल हुने विश्लेषकहरू बताउँछन्। 

images
images

लगानीकर्ताले विश्वस्त हुने केही आधार भेटे पनि बजार अझै उचाइमा जाने अन्य सूचकहरू नरहेको बताइरहँदा साताभरको अवस्थामा ठूलो अंकको वृद्धि देखिएको हो। विश्लेषकहरू अहिलेको वृद्धिले बजारलाई २५ सय बिन्दुको हाराहारीमा पुर्‍याउने देखिएको भए पनि पहिलेको उच्च बिन्दु भेट्न भने समय लाग्ने बताउँछन्। 

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार 'क्रयास' नजिक पुगिसकेको थियो। निरन्तर घट्दो ट्रेन्डमा रहेको बजारमा यो साताको अवस्थाले सुधारको संकेत भने गरेको छ। गएको असार ९ गते १८४८ सम्म झरेको बजारमा अहिलेको संकेत सकारात्मक नै देखिएको विश्लेषकहरू बताउँछन्।

विश्वासयोग्य वातावरण बनेको भनिएको सेयर बजारमा फेरि पनि ठूला लगानीकर्ताकै चलखेल देखिने खतरा रहेको उनीहरू बताउँछन्। घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न मुस्किल भइरहेको छ।

images

प्रकाशित : शुक्रबार, साउन १३ २०७९०७:१९

प्रतिक्रिया दिनुहोस