आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

चर्चा गरिएजस्तो पुँजीबजार सुधारका कार्यक्रमबिनै बाेर्डको नीति सार्वजनिक 

गैरआवासीय नेपालीलाई दोस्रो बजारमा लगानीको अवसर दिने घोषणा

बिहीबार , साउन १२ २०७९
चर्चा गरिएजस्तो पुँजीबजार सुधारका कार्यक्रमबिनै बाेर्डको नीति सार्वजनिक 

काठमाडौं- नेपाल धितोपत्र बोर्डले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम सार्वजनिक गरेकाे छ। पुँजी बजारमा व्यापक सुधार गर्ने घाेषणा गरेपनि अपेक्षाकृत कार्यक्रमबिनै बिहीबार नीति सार्वजनिक गरिएकाे हो।

धिताेपत्र बजार तथा वस्तु विनिमय बजारकाे नीति सार्वजनिक गर्दै बाेर्डका अध्यक्ष रमेश कुमार हमालले प्रविधिमैत्री र बजारमैत्री बनाउने घाेषणा गरेका छन्। बजारकाे सन्तुलन र विकास साथै बजारकाे पारदर्शितालाई विशेष ध्यान दिनेसमेत नीतिमा उल्लेख छ। 

उच्च प्रविधिमैत्री व्यवस्थामार्फत नियामकले नियमन गर्ने र बुक विल्डिङ प्रणालीलाई व्यवस्थित बनाउने समेत नीतिमा राखिएकाे छ। सार्वजनिक निष्कासन पारदर्शी बनाउने नीतिमा उल्लेख छ। साना तथा मझाैला उद्योगमा समेत वस्तु विनिमय बजार स्थापना गराउने र नयाँ ब्राेकर लाइसेन्स अध्ययन गरेर अनुमति दिइने नीतिमा उल्लेख गरिएको छ। 

बुक विल्डिङ प्रणालीमार्फत ठूला उद्योगलाई पुँजी बजारमा भित्र्याउनेसमेत अध्यक्ष हमालले घाेषणा गरेका छन्। पुँजी बजारलाई देशव्यापी बनाउन नयाँ कम्पनीलाई लाइसेन्स दिइने उनले बताएका छन्। धिताेपत्रकाे दाेस्राे बजारकाे काराेबार पूर्ण रुपमा विद्युतीय गराइने भएकाे छ। 

बजारसँग सम्बन्धित कानूनमा सुधार गरिने गरि नियमावली संशोधन गराइने घोषणा गरिएको छ। ब्रोकर कम्पनीमार्फत मार्जिन लेण्डिङको सुविधा प्रदानलाई विशेष जोड दिने तयारी गरिएको छ। क्षतिपूर्ति काेष ल्याएर लगानीकर्ताकाे संरक्षण गरिने छ।

बोर्डले पुँजी वृद्धिसहित नयाँ ब्रोकर कम्पनीको लाइसेन्स वितरण गर्नेगरी ‘धितोपत्र व्यवसायी, धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्मातासम्बन्धी नियमावली, २०६४' संशोधन गरिने नीति सार्वजनिक गरिएकाे छ।  

यस्तै राफसाफकाे लागि अक्सन मार्केटकाे सुधार गरिने योजना छ। 

वैदेशिक रोजगारमा गएका नेपालीलाई साधारण सेयरमा १० प्रतिशतको कोटा छुट्याउने व्यवस्था कार्यान्वयन गर्नेसमेत नीतिमा राखिएकाे छ। त्यस्तैगरी गैरआवासीय नेपालीहरूलाई दोस्रो बजारमा लगानीको अवसर दिने घाेषणा गरिएकाे छ। 

धितोपत्र बोर्डको वेयर हाउस, ब्रोकर र सेटलमेन्टसम्बन्धी नियमावली बनाउने घोषणसमेत नीतमार्फत गरिएकाे छ।


प्रकाशित : बिहीबार , साउन १२ २०७९१०:२३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend