आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

उतारचढावकाबीच बढ्दो मुभमा देखियो सेयर बजार, लगानीकर्ता पर्ख र हेरको नीतिमा

बुधबार, साउन ११ २०७९
उतारचढावकाबीच बढ्दो मुभमा देखियो सेयर बजार, लगानीकर्ता पर्ख र हेरको नीतिमा

बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। बुधबार ३ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको हो। 

काठमाडौं- बुधबार सेयर बजारमा तीब्र उतारचढावकाबीच दोहोरो अंकले बढेको छ। मंगलबार घटेको बजार पुनः बुधबार हरियाली भएर बन्द भएको  छ। मौद्रिक नीतिपछि लगातार बढेको बजार मंगलबार भने घटेको थियो। सेयर बजार अझै केही दिन बढ्ने संकेत दिएर बजार बन्द भएकाे छ। 

तर बुधबार पुनः बढ्ने ‘मुभ’ देखाएको छ। बुधबार तीनवटा कम्पनीमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै १५६ कम्पनीको सेयर मूल्य बढ्दा १८ कम्पनीको घटेको छ। धेरै कारोबार हुने कम्पनीमा शिवम्, अरुण काबेली नेष्डो, गुर्खाज फाइनान्स रहेका छन्। 

बुधबार सेयर बजार २३.८३ अंकले बढेर २१११.९९ बिन्दुमा पुगेको छ। बुधबार ३ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको हो। 

nepse.PNG

२०७८ भदौ २ गते अहिलेसम्मकै उच्च बिन्दु ३१९९ मा पुगेर ओरालो यात्रामा लागेपछि सेयर बजार गएको असार ९ गते १८४८ सम्म झरेको थियो। गएको शुक्रबार मौद्रिक नीति आएपछि यो साता आइतबार ६१.०५ अंकले र सोमबार ५४.४५ अंकले बढेको थियो। जसलाई मौद्रिक नीतिको प्रभावका रुपमा अर्थ्याइएको थियो। 

तर मंगलबार ४४.८० अंकले घटेर बजार २०८८.१६ बिन्दुमा झरेको थियो। जहाँ ३ अर्ब ७० करोड रुपैयाँको कारोबार भएको थियो। गएको भदौको उच्च अंकदेखि घट्दो बजारमा प्रवेश गरेर उताचढाव भइरहँदा ठूला लगानीकर्ताहरूले निरन्तर चलखेल गरिरहेका छन्। घट्दो ट्रेन्डको बजारमा केही दिन उछाल ल्याउँदै बाहिरिने गरिरहँदा बजारले विश्वासको स्थायी आधार भेट्न नसकेको विश्लेषकहरू बताउँछन्।

विश्लेषकहरूले मौद्रिक नीतिमार्फत लगानीकर्ताले विश्वस्त हुने केही आधार भेटे पनि बजार अझै उचाइमा जाने अन्य सूचकहरू नरहेको बताइरहँदा बजारमा चलखेल देखिएको हो। विश्लेषकहरू अहिलेको अवस्थामा बजारलाई उतारचढावमा राख्दै २५ सय बिन्दुको हाराहारीमा पुर्‍याउने देखिएको भए पनि पहिलेको उच्च बिन्दु भेट्न भने समय लाग्ने बताउँछन्। 

यस्तोमा विभिन्न समय अनेक कारणहरू दिँदै ठूला लगानीकर्ताको चलखेल चलिरहँदा सधैँ त्यसको भुङ्‍ग्रोमा परिरहन्छन् साना लगानीकर्ता परिरहेको विश्लेषकहरू बताउँछन्। बजारले समाधानको स्थायी आधार नभेट्दासम्म मुस्किल हुने उनीहरूको भनाइ छ। तरलता अभाव, ब्याजदरमा आउने वृद्धिले दबाब नै भएकोले अझै बजार उतारचढावमै रहने विश्लेषकहरूको भनाइ छ। 


प्रकाशित : बुधबार, साउन ११ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend