आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

मौद्रिक नीतिले एचआईडीसीएल र निफ्रा मर्ज होला? सूचकमा यस्ताे हुनेछ मर्जरपछिकाे कम्पनी

बिहीबार , साउन १२ २०७९
मौद्रिक नीतिले एचआईडीसीएल र निफ्रा मर्ज होला?  सूचकमा यस्ताे हुनेछ मर्जरपछिकाे कम्पनी

मौद्रिक नीतिअनुसार अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)बीच मर्जर गराउनेगरी अनौपचारिक छलफलहरु सुरु भएको छ।

काठमाडौं- दुई उस्तै प्रकृतिका संस्थालाई मर्जरमा जान प्रोत्साहन गर्ने गरी नेपाल राष्ट्र बैंकको नीति सार्वजनिक गरेको छ। योसँगै पूर्वाधारमा लगानी गर्न स्थापित नेपाल पूर्वाधार विकास बैंकको लगानी क्षमता विकास गराउन मर्ज वा प्राप्तिको नीति लिने उल्लेख गरिएको छ। राष्ट्र बैंकले सोही नीतिअनुसार चुक्ता पुँजी वृद्धि गर्न प्रोत्साहन गर्ने नीति लिने नीतिमा उल्लेख गरिएको छ।

मौद्रिक नीतिअनुसार अब नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) र हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)बीच मर्जर गराउनेगरी अनौपचारिक छलफलहरु सुरु भएको छ।

मर्जरमा लैजान सकेमा नेपालमै ठूला पूर्वाधारमा लगानी गर्न सक्ने क्षमता भएको विकास विकास बैंक हुने अनुमान विज्ञहरुले गरेका छन्। लाइसेन्स फरकतर्फको भएपनि उद्देश्य पूर्वाधारमा लगानी रहेकोले पनि यी दुई कम्पनीहरु मर्जरमा जान सक्ने अनुमान गरिएको छ। एचआईडीसीएल ऊर्जा क्षेत्रमा लगानी गर्ने उद्देश्यले स्थापना भएको कम्पनी हो भने निफ्रा सबै पूर्वाधारमा लगानी गर्न स्थापित कम्पनी हो

दुवै कम्पनीलाई पछिल्लो समय नेपाल राष्ट्र बैंकले नियमन गर्न थालेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा निफ्रालाई इन्भेष्टमेन्ट वर्गमा राखिएको छ। निफ्रा २१ अर्ब ६० करोड पुँजी भएको बैंक हो। अहिले धेरै वाणिज्य बैंकहरुको पुँजी २० अर्बभन्दा बढी पुगेको छ। 

hidcl.PNG


एचआईडीसीएलको पुँजी २३ अर्ब ४९ करोड रुपैयाँ छ। निफ्राभन्दा एचआईडीसीएल पुरानो कम्पनी हो। निफ्रामा सरकारी निकायसँग व्यवसायिक घरानाहरु पनि सञ्चालक छन् भने एचईइडीसीएलमा सरकारमात्र सञ्चालक रहेका छन्। 

दुवै कम्पनीले सर्वसाधारणलाई सेयर बेचेका छन्। दोस्रो बजारमा कम्पनीको सेयर मूल्य पनि उहि हाराहारी रहेको छ। लाभांश इतिहास भने निफ्राको भन्दा एचआईडीसीएलको राम्रो रहेको छ। एचआईडीसीएलको दोस्रो बजारमा सेयर मूल्य २११ रुपैयाँमा कारोबार भइरहेको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा अधिकतम ५७५ रुपैयाँसम्ममा कारोबार भएको थियो भने १७३ रुपैयाँमा न्युनतम कारोबार भएको थियो। कम्पनीको बजार पुँजीकरण ४८ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ। 

nifra.PNG

निफ्राको दोस्रो बजारमा २४७ रुपैयाँमा कारोबार भएको छ। कम्पनीको पछिल्लो ५२ हप्तामा ५१६ रुपैयाँसम्म कारोबार भएको छ। कम्पनीको न्युनतम २२१ रुपैयाँमा कारोबार भएको थियो। कम्पनीको चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ५२ अर्ब ९४ करोड रुपैयाँ रहेको छ। दुई कम्पनी मर्ज हुँदा ४५ अर्ब भन्दा बढी चुक्ता पुँजी हुनेछ। 


प्रकाशित : बिहीबार , साउन १२ २०७९०२:१४

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend