आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

हिमालयन डिष्टिलरीका सेयरधनीले एकहप्तामै कमाए प्रतिकित्ता ९२५ रुपैयाँ, पुनः उच्च मूल्यको लयमा पुगेको हो?

बुधबार, साउन ११ २०७९
हिमालयन डिष्टिलरीका सेयरधनीले एकहप्तामै कमाए प्रतिकित्ता ९२५ रुपैयाँ, पुनः उच्च मूल्यको लयमा पुगेको हो?

काठमाडौं- हिमालयन डिष्टिलरीका सेयरधनीले एक हप्तामै प्रतिकित्ता ९२५ रुपैयाँ कमाएका छन्। कम्पनीको एक हप्ताअगाडिसम्म प्रतिकित्ता २८२५ रुपैयाँमा झरेको थियो। पछिल्लो केही दिन बढेर ३७५० रुपैयाँ पुगेको थियो।

एकवर्ष अगाडि कम्पनीको सेयर मूल्य बढेर ७९३८ रुपैयाँसम्म पुगेको थियो। कम्पनीको एक वर्षको अवधीमा ५११३ रुपैयाँले घटेर २८२५ रुपैयाँसम्म आइपुगेको थियो। गतवर्ष कम्पनीले सेयरधनीलाई १०० प्रतिशत लाभांश दिएको थियो।

hdl.PNG

कम्पनीले अब पनि १०० प्रतिशतकै हाराहारीमा लाभांश दिने अनुमान गरिएको छ। सोही कारण पनि लगानीकर्ता पुनः हिमालयन डिष्टिलरीको सेयर खरिदमा झुम्मिएका छन्। 

कम्पनीले गत वर्ष ७५ प्रतिशत सेयर र २५ प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिएको थियो। अघिल्लो वर्ष पनि कम्पनीले लगानीकर्तालाई ५० प्रतिशत सेयर र ५० प्रतिशन नगद गरी १०० प्रतिशत लाभांश दिएको थियो। 

कम्पनीको यसअघि ७९३८ रुपैयाँसम्म पुगेको थियो। जसका कारण लगानीकर्ताहरू अझै पर्ख र हेरको अवस्थामा रहेका छन्।

कम्पनीले अझै प्लान्ट थप गर्ने र त्यसका लागि थप पुँजी आवश्यक पर्ने भएकाले यस वर्ष पनि सेयर लाभांश दिने बजारमा हल्ला छ। कम्पनीको चुक्ता पुँजी १ अर्ब ५१ करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ५५ अर्ब ५२ करोडमा झरेको छ। 


प्रकाशित : बुधबार, साउन ११ २०७९०१:५८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend