आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

धौलागिरि लघुवित्तको आईपीओ आउँदै

बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ८ २०७९
धौलागिरि लघुवित्तको आईपीओ आउँदै

काठमाडौं- धौलागिरि लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही साउन २४ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ३ करोड ३१ लाख मूल्य बराबरका ३ लाख ३१ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्न लागेको हो।

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल जारी पुँजी (१० लाख ३१ हजार कित्ता)को ०.५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता सेयर कर्मचारीलाई र निष्काशित सेयरको पाँच प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख नौ हजार २९५ कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वानपत्रमा उल्लेख छ। 

सर्वसाधारणले यही साउन २९ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी भदौ ७ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ। 

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सन्राइज क्यापिटल लिमिटेडले जनाएको छ। 

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा केयर रेटिङ्स नेपालले कम्पनीलाई ‘केयरएनपी बीबी आइएस’ ग्रेडिङ प्रदान गरेको छ। रासस


प्रकाशित : आइतबार, साउन ८ २०७९०६:५७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend