आइतबार, जेठ ६ गते २०८१    
images
images

अभियान लघुवित्तल‍े ९ लाख ७५ हजार कित्ता आईपीओ ल्याउँदै, कतिसम्म दिन पाइन्छ आवेदन?

images
बिजनेस न्युज
बिजनेस न्युज
आइतबार, साउन ८ २०७९
images
images
अभियान लघुवित्तल‍े ९ लाख ७५ हजार कित्ता आईपीओ ल्याउँदै, कतिसम्म दिन पाइन्छ आवेदन?
images
images

काठमाडौं- अभियान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि साधारण सेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ। कम्पनीले यही साउन १८ गतेदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित मूल्यमा ९ करोड ७५ लाख मूल्य बराबरको ९ लाख ७५ हजार कित्ता प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ)को बिक्री खुला गर्न लागेको हो।

images
images
images

कम्पनीले निष्काशन गर्ने साधारण सेयरमा कूल जारी पुँजी (२५ लाख कित्ता)को ०.५ प्रतिशत अर्थात् १२ हजार ५ सय कित्ता सेयर कर्मचारीलाई र निष्काशित सेयरको पाँच प्रतिशत अर्थात् ४८ हजार ७५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरि बाँकी ९ लाख १३ हजार ७५० कित्ता सेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जारी गरेको आह्वान पत्रमा उल्लेख छ। 

images

सर्वसाधारणले यही साउन २२ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम ३ हजार कित्तासम्म खरिदका लागि आवेदन दिन सक्नेछन् भने सो अवधिसम्म मागबमोजिम आवेदन नआए आगामी भदौ १ गतेसम्म निष्काशन खुला रहने कम्पनीले जनाएको छ। 

images
images

नेपाल धितोपत्र बोर्डबाट सिआस्वा सुविधा प्रदान गर्न अनुमति पाएका बैंक तथा वित्तीय संस्था र तिनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरोसेयर’ प्रयोग गरेर पनि सर्वसाधारणले सेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ। 

images
images

धितोपत्रको सार्वजनिक निष्कासन गर्दा क्रेडिट रेटिङ गर्नुपर्ने व्यवस्थाअनुसार रेटिङ गर्दा इक्रा नेपालले कम्पनीलाई ‘इक्राएनपी आइआर बीबी’ ग्रेडिङ प्रदान गरेको छ। रासस


प्रकाशित : आइतबार, साउन ८ २०७९०६:४६
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend