आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

प्रभु बैंकको नाफा ५१ प्रतिशतले बढ्यो  

शनिबार, साउन ७ २०७९
प्रभु बैंकको नाफा ५१ प्रतिशतले बढ्यो  

काठमाडौं- प्रभु बैंकको नाफा गत आर्थिक वर्षको तुलनामा ५१ प्रतिशतले बढेको छ। आर्थिक वर्ष २०७८/७९मा बैंकले २ अर्ब ६० करोड रुपैयाँ खुद नाफा कमाएको हो। अघिल्लो आवमा बैंकले एक अर्ब ७२ करोड रुपैयाँ मात्र नाफा कमाएको थियो। 

बैंकले कर्जा जोखिम व्यवस्थापन बापत छुट्याएको ३८ करोड ७९ लाख रुपैयाँ रकम रिभर्स भएपछि नाफामा उल्लेख्य सुधार आएको हो। बैंकको आम्दानीसमेत बढेको छ। बैंकको खुद ब्याज आम्दानी २३ प्रतिशत बढ्दा खुद फी तथा कमिसन आम्दानी करिब २७ प्रतिशत बढेको छ। बैंकको सञ्चालन नाफा पनि ४७.७५ प्रतिशत बढेको हो।

१२ अर्ब ७० करोड रुपैयाँ चुक्तापुँजी भएको प्रभु बैंकले गत आर्थिक वर्षको अन्त्यसम्म १ खर्ब ७८ अर्ब रुपैयाँ निक्षेप संकलन गरेको थियो भने १ खर्ब ४५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको निक्षेप ८.३७ प्रतिशत बढेको हो भने कर्जाको बिस्तारमा ८ प्रतिशतले बढेको बैंकले सार्वजनिक गरेको विवरणमा उल्लेख छ।  

गत आवको अन्त्यसम्म बैंकको सीडी रेसियो ७८.३५ प्रतिशत छ। खुद नाफा बढे पनि बैंकको वितरणयोग्य मुनाफा भने घटेको छ।  ४.६६ प्रतिशतले मुनाफा घट्दा बैंकसँग हाल वितरणयोग्य मुनाफा  एक अर्ब ४१ करोड रुपैयाँ छ। जसका आधारमा बैंकले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षका लागि ११ प्रतिशतभन्दा धेरै लाभांश दिन सक्ने अनुमान गरिएको छ।  

नाफासँगै बैंकको प्रतिसेयर आम्दानी पनि बढेको छ। सो अवधिमा बैंकको यस्तो आम्दानी ५.३० रुपैयाँ बढेर २०.४६ रुपैयाँ पुगेको छ। प्रभु बैंकको प्रतिसेयर नेटवर्थ १५६.१६ रुपैयाँ रहेकाे छ।


प्रकाशित : शनिबार, साउन ७ २०७९०८:२८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend