आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

सेयर बजारलाई राहत : सेयर धितो कर्जाबापत २५ लाखभन्दा कम ऋण लिँदा जोखिम भार १०० प्रतिशतमा झारियो

शुक्रबार, साउन ६ २०७९
सेयर बजारलाई राहत : सेयर धितो कर्जाबापत २५ लाखभन्दा कम ऋण लिँदा जोखिम भार १०० प्रतिशतमा झारियो

काठमाडौं- नेपाल राष्ट्र बैंकले २०७९/०८० को मौद्रिक नीतिमार्फत सेयर धितो कर्जाबापत २५ लाख रुपैयाँभन्दा कम ऋण लिँदा बैंकहरूले कायम गर्नुपर्ने जोखिम भार १०० प्रतिशतमा झारेको छ। 

यसअघि जुनसुकै परिमाणको सेयर धितो कर्जा लिँदा १५० प्रतिशतसम्म बैंकहरूले जोखिम भार छुट्याउनुपर्ने व्यवस्था थियो।

सेयर धितोमा प्रवाह हुने कर्जाको जोखिम भार २५ लाख रुपैयाँसम्मको कर्जाको हकमा १०० प्रतिशत र सोभन्दा माथिको कर्जाको हकमा जोखिम भार १५० प्रतिशत राख्नुपर्नेे व्यवस्था यथावत राखिएको राष्ट्र बैंकले जनाएको छ। 

यस्तै सेयर धितो राखी प्रवाह हुने मार्जिन कर्जाको एकल ग्राहक सीमा एउटा वा सबै इजाजतपत्र प्राप्त वित्तीय संस्थाहरूबाट लिनसक्ने गरी अधिकतम सीमा १२ करोड रुपैयाँ कायम गरिएको छ।

यसअघि एक बैंकबाट ४ करोड र सम्रग प्रणालीबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिने पाउने व्यवस्था थियो। अब बैंकले ४ लाई हटाएर १२ करोडको सीमा भने यथावत राखेको छ। नयाँ व्यवस्थाअनुसार एक व्यक्तिले एकै बैंकबाट १२ करोड रुपैयाँसम्म सेयर कर्जा लिन पाउने छन्।

सेयर ब्रोकरमार्फत नियमित र व्यवस्थित हुँदै गएपछि यस्तो मार्जिन कर्जासम्बन्धी व्यवस्था हटाइने राष्ट्र बैंकले जनाएको छ।


प्रकाशित : शुक्रबार, साउन ६ २०७९१२:२६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend