काठमाडौं- नेपाल राष्ट्र बैंकले आयातमा तोकिएको नगद मार्जिनलाई पुनरावलोकन गर्ने भएको छ। आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले आयातमा तोकिएको नगद मार्जिनको व्यवस्था पुरनावलोकन हुने बताएका हुन्।
आयातमा नगद मार्जिनलाई समयानुकुल परिमार्जन् गरिने छ। यस्तै राष्ट्र बैंकले ड्राफ्ट र टीटीबाट आयातका लागि सम्बन्धित वस्तुको अन्तराष्ट्रिय मूल्य विश्लेषण गर्ने पनि जनाएको छ।
आयात बढ्दै जाँदा डलर सञ्चितिमा चाप परेको भन्दै राष्ट्र बैंककले २८ एचएस कोडका ३ सय वस्तुको आयातलाई कडाई गरेको थियो। यो वर्ष भने यी वस्तुको आयातमा तोकिएको नदग मार्जिन पुनरावलोकन गर्दै लगिने नीति राष्ट्र बैंकले लिएको छ।