आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

यस्तो छ आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)

शुक्रबार, साउन ६ २०७९
यस्तो छ आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति (पूर्णपाठ)

काठमाडौं- नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति सार्वजनिक गरेका छन्।

राष्ट्र बैंकले चालु आर्थिक वर्षका लागि विस्तृत मुद्राप्रदाय र कर्जा विस्तारको लक्ष्यमा कटौती गरेको छ। आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति सार्वजनिक गर्दै नेपाल राष्ट्र बैंकले यो वर्ष निजी क्षेत्रमा जाने ऋणको विस्तार १२.६ प्रतिशतभित्र हुने लक्ष्य निर्धारण गरेको छ। गत वर्ष यस्तो लक्ष्य १९ प्रतिशत थियो। जेठ मसान्तसम्म निजी क्षेत्रमा जाने कर्जा १६ प्रतिशत वृद्धि भएको थियो।

त्यस्तै चालू आर्थिक वर्षमा विस्तृत मुद्राप्रदाय १२ प्रतिशतमात्र गर्ने लक्ष्य राखिएको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए। गएको वर्ष मुद्राप्रदायको लक्ष्य १८ प्रतिशत थियो। 

यस्तै राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९ असार मसान्तसम्म दिने भनी गरिएको मर्जर सुविधा पुस मसान्तसम्म लागु हुने भएको छ। तर मर्जर सम्झौता भइ एकीकृत कारोबार हुनुपर्ने छ।

यस्तै यसअघि एक बैंकबाट ४ करोड र सम्रग प्रणालीबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिने पाउने व्यवस्था रहेकोमा अब बैंकले ४ लाई हटाएर १२ करोडको सीमा भने यथावत राखेको छ।

यस्तो छ मौद्रिक नीति -


प्रकाशित : शुक्रबार, साउन ६ २०७९११:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend