काठमाडौं- नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै सेयर कर्जाको सीमामा केही परिमार्जन गरेको छ।
यसअघि एक बैंकबाट ४ करोड र सम्रग प्रणालीबाट १२ करोड रुपैयाँसम्म सेयर धितो कर्जा लिने पाउने व्यवस्था थियो। अब बैंकले ४ लाई हटाएर १२ करोडको सीमा भने यथावत राखेको छ।
नयाँ व्यवस्थाअनुसार एक व्यक्तिले एकै बैंकबाट १२ करोड रुपैयाँसम्म सेयर कर्जा लिन पाउने छन्।