आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

सय शैय्याको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माणमा निफ्रा र नबिल बैंकले लगानी गर्ने

शुक्रबार, साउन ६ २०७९
सय शैय्याको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माणमा निफ्रा र नबिल बैंकले लगानी गर्ने

काठमाडौं-नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको अगुवाई तथा नबिल बैंक लिमिटेडको सहभागीतामा लुम्बिनी प्रदेशको सिद्धार्थनगर नगरपालिकामा १०० शैय्याको एडभान्स इन्टरनेसनल मल्टी स्पेसियालिटि हस्पिटल निर्माणा तथा सञ्चालन ऋण लगानी गर्ने भएका छन्।

२ बैंकले २ अर्व ५४ करोड सम्मको कर्जा सुविधाहरु स्वीकृत गरि २०७९ साल साउन ५ गते बिहीबार सहवित्तीयकरण सम्झौता समेत सम्पन्न गरेका छन्।

हस्पिटल निर्माण गर्न नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले १ अर्ब ५४ करोड तथा नबिल बैंक लिमिटेड रु.१ अर्ब सम्म लगनी गर्ने भएका छन्।

बिहीबार सम्पन्न भएको सम्झौता हस्ताक्षर कार्यक्रममा नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकाको तर्फबाट प्रमूख कार्यकारी अधिकृत राम कृष्ण खतिवडा, नायव महाप्रबन्धक सूर्य बहादुर तामाङ्ग, नायव महाप्रबन्धक विनय नाथ न्यौपाने र नबिल बैंक लिमिटेडको तर्फबाट प्रमूख कार्यकारी अधिकृत  ज्ञानेन्द्र प्रसाद ढुंगाना, बरिष्ठ नायव प्रमूख कार्यकारी अधिकृत सुजित कुमार शाक्य, नायव प्रमुख कार्यकारी अधिकृत  भुपेन्द्र पाण्डे सहित बैंकहरुका कर्मचारीहरु र परियोजनाको तर्फबाट अध्यक्ष कमल भण्डारी लगायत अन्य पदाधिकारीहरुको] उपस्थिति रहेको थियो।

कार्यक्रममा हस्पिटलका अध्यक्ष कमल भण्डारीले परियोजनामा लगानीको लागि सहवित्तीयकरण सम्झौता सम्पन्न हुँदा आफु उत्साहीत भएको र परियोजना निर्माण कार्य समयमै सम्पन्न गरि व्यवसायीक संचालन सुरु गर्ने  प्रतिबद्धता व्यक्त गरे। उक्त हस्पिटलले लुम्बिनी प्रदेशको स्वास्थ सेवामा विशिष्ट्रिकृत योगदान पुर्याउने अपेक्षा गरिएको छ।


प्रकाशित : शुक्रबार, साउन ६ २०७९१०:११

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend