आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

सिक्लेस हाइड्रापावरको आईपीओ खुला, क-कसले भर्न पाइन्छ?

बिजनेस न्युज
बिजनेस न्युज
शुक्रबार, साउन ६ २०७९
सिक्लेस हाइड्रापावरको आईपीओ खुला, क-कसले भर्न पाइन्छ?

काठमाडौं- सिक्लेस हाइड्रोपावर लिमिटेडले आयोजनाबाट असर पर्नसक्ने स्थानीय बासिन्दाका लागि साधारण सेयर निष्कासन तथा बिक्री खुला गरेको छ।

कम्पनीले आजदेखि प्रतिकित्ता १०० रुपैयाँ अङ्कित दरमा ८ करोड ५० लाख मूल्य बराबरको ८ लाख ५० हजार कित्ता सेयरको प्रारम्भिक सार्वजनिक निष्कासन(आईपीओ) बिक्री खुला गरेको हो।

आयोजनाबाट असर पर्ने कास्की जिल्लाको मादी गाउँपालिका– १, २ र ३ का वासीले आजदेखि यही साउन २० गतेसम्म सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी भदौ ५ गतेसम्म न्यूनतम १० कित्तादेखि अधिकतम एक लाख कित्ता सेयर खरिदका लागि आवेदन दिन पाउने कम्पनीले जनाएको छ। 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत सेयर खरिदका लागि आवेदन दिन सक्नेछन्। त्यस्तै माछापुच्छ्रे बैंकको मादी गाउँपालिका–१ मा रहेको कार्यालय, बैंक अफ काठमाडौँ, मुक्तिनाथ विकास बैंक र एनआइसी एशिया बैंकको पोखरा शाखा कार्यालयबाट दर्खास्त दिन सकिने कम्पनीले जनाएको छ। 

कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक बिओके क्यापिटल लिमिटेड रहेको छ। कम्पनीलाई केयर नेपालले (केयरएनपी बिबी प्लस आइएस) रेटिङ दिएको छ। रासस


प्रकाशित : शुक्रबार, साउन ६ २०७९०७:४७
प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend