आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

मौद्रिक नीति आज दिउँसो ४ बजे आउने

शुक्रबार, साउन ६ २०७९
मौद्रिक नीति आज दिउँसो ४ बजे आउने

काठमाडौं- नेपाल राष्ट्र बैंकले शुक्रबार दिउँसो ४ बजे आर्थिक वर्ष ०७९/०८० को मौद्रिक नीति सार्वजनिक गर्ने भएको छ।

शुक्रबार बिहान राष्ट्र बैंकको सञ्चालक समितिको बैठकमा मौद्रिक नीति पेस भइसकेको छ। दिउँसो ४ बजे मौद्रिक नीति सार्वजनिक गरिने राष्ट्र बैंकले जनाएको छ।

अर्थतन्त्रका केही सूचकमा समस्या देखा परेको तथा सरकारले चालु आर्थिक वर्षको बजेटमा लिएका नीति तथा कार्यक्रमलाई केन्द्रमा राखेर केन्द्रीय बैंकले नीति सार्वजनिक गर्न लागेको छ।

अनुत्पादक क्षेत्रमा गइरहेको कर्जा प्रवाहलाई रोक्ने तथा बैंकको ब्याजदर बढ्न नदिन के कस्ता औजार प्रयोग गर्नेजस्तो विषयमा मौद्रिक नीतिमार्फत केही नयाँ व्यवस्था गर्न लागिएको छ। नेपाल राष्ट्र बैंकको सञ्चालक समितिको बैठकले पारित गरेको उक्त नीतिका सम्बन्धमा बिहीबार साँझ अर्थमन्त्रीको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गरेको बताइएको छ।

अर्थतन्त्रमा दबाब बढेको भन्दै राष्ट्र बैंकले अहिले कसिलो मौद्रिक नीति ल्याउने तयारी गरेको बुझिन्छ।


प्रकाशित : शुक्रबार, साउन ६ २०७९०५:५६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend