आइतबार, जेठ ६ गते २०८१    
images
images

निफ्राको नाफा २२.५३ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १०८.०४ रुपैयाँ

images
शुक्रबार, साउन ६ २०७९
images
images
निफ्राको नाफा २२.५३ प्रतिशतले बढ्यो, प्रतिसेयर नेटवर्थ १०८.०४ रुपैयाँ
images
images

काठमाडौं- नेपाल इनफ्रास्ट्रक्चर बैंकको नाफा आर्थिक वर्ष २०७७/७८ को तुलनामा गत आर्थिक वर्ष २२.५३ प्रतिशतले बढेको छ।

images
images
images

गत आवमा बैंकको नाफा १ अर्ब २ करोड ६१ लाख रुपैयाँ रहेको छ। बैंकले आर्थिक वर्ष २०७७/७८ मा कुल ८३ करोड ७१ लाख १० हजार रुपैयाँ नाफा कमाएको थियो।

images

बैंकको ब्याज आम्दानी १ अर्ब ९२ करोड रुपैयाँ छ भने खुद खर्च ४ करोड २२ लाख रुपैयाँ गरी खुद ब्याज आम्दानी १ अर्ब ८८ करोड ६३ लाख रुपैयाँ पुगेको छ ।२१ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको रिजर्भ एण्ड सरप्लसमा १ अर्ब ७३ करोड रुपैयाँ छ ।

images
images

बैंकले प्रोभिजनमा २९ करोड ९१ हजार रुपैयाँ राखेको छ । बैंकको सञ्चालन आम्दानी १ अर्ब ४६ करोड ५७ लाख ७२ हजार रुपैयाँ भएको छ।

images
images

साथै, कस्ट अफ फण्ड ९.४० प्रतिशत र सीडी रेसियो ६६.२० प्रतिशत रहेको छ। त्यसैगरी प्रतिसेयर नेटवर्थ १०८.०४ रुपैयाँ छ।


प्रकाशित : शुक्रबार, साउन ६ २०७९०४:३७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend