आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

सुधारको संकेत गरेर १३४ अंकले बढेको बजार फेरि थामियो, मौद्रिक नीति पर्खंदै लगानीकर्ता

बिहीबार , साउन ५ २०७९
सुधारको संकेत गरेर १३४ अंकले बढेको बजार फेरि थामियो, मौद्रिक नीति पर्खंदै लगानीकर्ता

काठमाडौं- सुधारको संकेत गर्दै पछिल्लो आठ दिनमा १३४.९१ अंकको वृद्धि देखिएको सेयर बजारमा पुन: झिनो अंकको गिरावट देखिएको छ। 

गएको साताको अन्तिम चार दिनको कारोबारमा ९३.८६ अंक र यो साता यसअघिका चार कारोबारमा ४१.०५ अंकले बढेको बजारमा बिहीबार भने सुधार देखिन सकेन। बिहीबार ५.८७ अंकले घटेर बजार २०४४.७२ बिन्दुमा झरेको छ। जहाँ १ अर्ब ६४ करोड रुपैयाँको कारोबार भएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार १.९३ अंकले बढेको सेयर बजारमा सोमबार १८.०३ अंकको वृद्धि देखिएको थियो। मंगलबार १६.२० अंकले बढेर २०४५.६३ बिन्दुमा पुगेको बजारमा बुधबार देखिएको सुधारले थप सकारात्मक संकेत गरेको थियो। बुधबार ४.८९ अंकले बढेर बजार २०५०.५९ बिन्दुमा पुगेको थियो।

अहिले देखिएको अवस्थामा बजारले स्थायी सुधार भेट्न नीतिगत साथ नै मिल्नुपर्ने विश्लेषकहरू बताउँछन्। बिशेषगरी लगानीकर्ताहरू मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। 

यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने गरी गरेको व्यवस्था नयाँ आउने मौद्रिक नीतिमार्फत हट्ने विश्वासमा लगानीकर्ता देखिन्छन्। राष्ट्र बैंकले यसै साता मौद्रिक नीति ल्याउने गरी अन्तिम तयारी गरिरहेको छ। 

तर अहिले राष्ट्र बैंकले सेयर कर्जाको विषयमा परिवर्तनको संकेत भने गरेको छैन। गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको वर्तमान अवस्था हेरेर अघि बढ्नुपर्ने बताउँदै आइरहेका छन्।


प्रकाशित : बिहीबार , साउन ५ २०७९०९:१७

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend