आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

नियामकीय साथ मिल्ने आशमा सेयर बजारमा फर्किंदै विश्वास, लगातार ८ दिनमा १३४ अंकको वृद्धि

बुधबार, साउन ४ २०७९
नियामकीय साथ मिल्ने आशमा सेयर बजारमा फर्किंदै विश्वास, लगातार ८ दिनमा १३४ अंकको वृद्धि

काठमाडौं- गएको सात दिनको कारोबारमा लगातार सुधार देखिएको सेयर बजारमा बुधबार पनि झिनो अंकको वृद्धि देखिएको छ। 

बुधबार ४.८९ अंकले बढेर बजार २०५०.५९ बिन्दुमा पुगेको छ। जहाँ १ अर्ब ७३ करोड रुपैयाँको कारोबार भएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार १.९३ अंकले बढेको सेयर बजारमा सोमबार १८.०३ अंकको वृद्धि देखिएको थियो। मंगलबार १६.२० अंकले बढेर २०४५.६३ बिन्दुमा पुगेको बजारमा बुधबार देखिएको सुधारले थप सकारात्मक संकेत गरेको छ। 

त्यसअघि गएको साताको अन्तिम चार दिनको कारोबारमा ९३.८६ अंकको वृद्धि देखिएको थियो। यसरी पछिल्लो आठ दिनको कारोबारमा बजारमा १३४.९१ अंकको वृद्धि देखिएको छ। 

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार हरियाली देखिएको छ। गएको आठ दिनमा देखिएको सुधारपछि पनि बजारले स्थायी सुधार भेट्न भने नीतिगत साथ नै मिल्नुपर्ने विश्लेषकहरू बताउँछन्।

यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने गरी गरेको व्यवस्था नयाँ आउने मौद्रिक नीतिमार्फत हट्ने विश्वासमा लगानीकर्ता देखिन्छन्। राष्ट्र बैंकले यसै साता मौद्रिक नीति ल्याउने गरी अन्तिम तयारी गरिरहेको छ। 


प्रकाशित : बुधबार, साउन ४ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend