आइतबार, जेठ ६ गते २०८१    
images
images

१९ जीवन बीमा कम्पनीहरुकाे आम्दानी १ खर्ब ३९ अर्ब, पहिलो नेपाल लाइफ, अन्य कम्पनीकाे कति?

images
बुधबार, साउन ४ २०७९
images
images
१९ जीवन बीमा कम्पनीहरुकाे आम्दानी १ खर्ब ३९ अर्ब, पहिलो नेपाल लाइफ, अन्य कम्पनीकाे कति?
images
images

काठमाडौं- जीवन बीमा कम्पनीहरुले २०७८/७९ मा १ खर्ब ३९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

images
images
images

१९ जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानी १४.८७ प्रतिशतले विस्तार गरेका हुन्। अघिल्लो वर्ष बीमा शुल्क बापत कम्पनीहरूले १ खर्ब २१ अर्ब रुपैयाँ शुल्क आम्दानी गरेका थिए। 

images

गत आवमा सबैभन्दा बढी नेपाल लाइफले ३५ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको हो। दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनको १८ अर्ब २२ करोड रुपैयाँ बीचमा शुल्क उठाएको हो।

images
images

नेशनल लाइफले १४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै राष्ट्रिय बीमा संस्थानको ८ अर्ब ४७ करोड रुपैयाँ, युनियन लाइफले  ८ अर्ब ९ करोड रुपैयाँ, एशियन लाइफले ७ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेका हुन्। सिटिजन लाइफले ५ अर्ब ४० करोड बीमा शुल्क आर्जन गरेका हो। 

images
images

मेट लाइफ ५ अर्ब २३ करोड, सूर्या लाइफ ४ अर्ब ९९ करोड, प्राइम लाइफ ४ अर्ब ८७ करोड, रिलायबल नेपाल लाइफ तीन अर्ब ९४ करोड, ज्योति लाइफ तीन अर्ब ८० करोड, आइएमई लाइफ तीन अर्ब ५३ करोड रुपैयाँ बीचमा शुल्क बापत आम्दानी गरेका हुन्।

त्यसैगरि सन नेपाल लाइफले तीन अर्ब ३६ करोड, रिलायन्स लाइफ तीन अर्ब १२ करोड, गुराँस लाइफ तीन अर्ब ८ करोड, प्रभु लाइफ दुई अर्ब ३९ करोड, सानिमा लाइफ २ अर्ब २९ करोड र महालक्ष्मी लाइफको एक अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन्।


प्रकाशित : बुधबार, साउन ४ २०७९०१:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend