आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

१९ जीवन बीमा कम्पनीहरुकाे आम्दानी १ खर्ब ३९ अर्ब, पहिलो नेपाल लाइफ, अन्य कम्पनीकाे कति?

बुधबार, साउन ४ २०७९
१९ जीवन बीमा कम्पनीहरुकाे आम्दानी १ खर्ब ३९ अर्ब, पहिलो नेपाल लाइफ, अन्य कम्पनीकाे कति?

काठमाडौं- जीवन बीमा कम्पनीहरुले २०७८/७९ मा १ खर्ब ३९ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।

१९ जीवन बीमा कम्पनीहरुले अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानी १४.८७ प्रतिशतले विस्तार गरेका हुन्। अघिल्लो वर्ष बीमा शुल्क बापत कम्पनीहरूले १ खर्ब २१ अर्ब रुपैयाँ शुल्क आम्दानी गरेका थिए। 

गत आवमा सबैभन्दा बढी नेपाल लाइफले ३५ अर्ब ३५ करोड रुपैयाँ संकलन गरेको हो। दोस्रोमा लाइफ इन्स्योरेन्स कर्पोरेसनको १८ अर्ब २२ करोड रुपैयाँ बीचमा शुल्क उठाएको हो।

नेशनल लाइफले १४ अर्ब १३ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ। त्यस्तै राष्ट्रिय बीमा संस्थानको ८ अर्ब ४७ करोड रुपैयाँ, युनियन लाइफले  ८ अर्ब ९ करोड रुपैयाँ, एशियन लाइफले ७ अर्ब १७ करोड रुपैयाँ आर्जन गरेका हुन्। सिटिजन लाइफले ५ अर्ब ४० करोड बीमा शुल्क आर्जन गरेका हो। 

मेट लाइफ ५ अर्ब २३ करोड, सूर्या लाइफ ४ अर्ब ९९ करोड, प्राइम लाइफ ४ अर्ब ८७ करोड, रिलायबल नेपाल लाइफ तीन अर्ब ९४ करोड, ज्योति लाइफ तीन अर्ब ८० करोड, आइएमई लाइफ तीन अर्ब ५३ करोड रुपैयाँ बीचमा शुल्क बापत आम्दानी गरेका हुन्।

त्यसैगरि सन नेपाल लाइफले तीन अर्ब ३६ करोड, रिलायन्स लाइफ तीन अर्ब १२ करोड, गुराँस लाइफ तीन अर्ब ८ करोड, प्रभु लाइफ दुई अर्ब ३९ करोड, सानिमा लाइफ २ अर्ब २९ करोड र महालक्ष्मी लाइफको एक अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क संकलन गरेका हुन्।


प्रकाशित : बुधबार, साउन ४ २०७९०१:४६

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend