आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

७ दिनमा १३० अंकले बढेको बजारमा विश्वास फर्किंदै, ४/१२ हट्ने हल्लासँगै मौद्रिक नीतिको पर्खाइ

मंगलबार, साउन ३ २०७९
७ दिनमा १३० अंकले बढेको बजारमा विश्वास फर्किंदै, ४/१२ हट्ने हल्लासँगै मौद्रिक नीतिको पर्खाइ

काठमाडौं- धरमराइरहेको सेयर बजार गएको सात दिनको कारोबारमा लयमा देखिएको छ। नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको अन्तिम तयारी गरिरहँदा संगठित लगानीकर्ताहरू बजारअनुरुप साथ मिल्ने आशमा थप हौसिएका छन्।

मंगलबार १६.२० अंकले बढेर बजार २०४५.६३ बिन्दुमा पुगेको छ। जहाँ २ अर्ब २९ करोड रुपैयाँको कारोबार भएको छ। 

यो साता पहिलो कारोबारमा आइतबार १.९३ अंकले बढेको सेयर बजारमा सोमबार १८.०३ अंकको वृद्धि देखिएको थियो। त्यसअघि गएको साताको अन्तिम चार दिनको कारोबारमा ९३.८६ अंकको वृद्धि देखिएको थियो। यसरी पछिल्लो सात दिनको कारोबारमा बजारमा १३०.०२ अंकको वृद्धि देखिएको छ। 

गएको साताको पहिलो कारोबारमा सोमबार ७७.०१ अंकको गिरावट आएको बजारमा त्यसपछिका चार कारोबारमा हरियाली देखिएको थियो। मंगलबार उतारचढावका बीच ११.६८ अंकले बढेको बजार बुधबार ५९.५४ अंकले, बिहीबार १४.७१ अंकले र शुक्रबार ७.९३ अंकले बढेको थियो। 

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहँदा लगातार हरियाली देखिएको छ। गएको छ दिनमा देखिएको सुधारपछि पनि बजारले स्थायी सुधार भेट्न भने नीतिगत साथ नै मिल्नुपर्ने विश्लेषकहरू बताउँछन्।

अहिले संगठित लगानीकर्ताहरूले सामाजिक सञ्जालदेखि अन्यत्र पनि आउने मौद्रिक नीतिमार्फत ४/१२ को सीमा हट्ने हल्ला गरिरहेका छन्। जसको प्रभाव बजारमा देखिएको छ। 

अहिले राष्ट्र बैंकले सेयर कर्जाको विषयमा परिवर्तनको संकेत भने गरेको छैन। गभर्नर महाप्रसाद अधिकारीले अर्थतन्त्रको वर्तमान अवस्था हेरेर अघि बढ्नुपर्ने बताउँदै आइरहेका छन्।

यसअघि राष्ट्र बैंकले मौद्रिक नीतिमार्फत सेयर लगानीकर्ताले एउटा बैंक तथा वित्तीय संस्थाबाट ४ करोड तथा सबै बैंक तथा वित्तीय संस्था गरेर १२ करोडभन्दा बढी ऋण लिन नपाइने व्यवस्था गरेको थियो। उक्त व्यवस्था हट्नुपर्ने संगठित लगानीकर्ताहरूको माग छ।  


प्रकाशित : मंगलबार, साउन ३ २०७९०९:१९

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend