शुक्रबार, असोज ४ गते २०८१    
images
images

आर्थिक वर्षको अन्तिम दिन मात्रै २३ अर्ब ऋण प्रवाह

images
सोमबार, साउन २ २०७९
images
images
आर्थिक वर्षको अन्तिम दिन मात्रै २३ अर्ब ऋण प्रवाह

सीडी रेसियो भने ८६.२२ प्रतिशतमा राखेका छन्।  

images
images

काठमाडौं- आर्थिक वर्ष २०७८/०७९ को अन्तिम दिन असार ३१ गते एकै दिन बैंक तथा वित्तिय संस्थाहरुले २३ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार २३ अर्ब रुपैयाँले ऋण बढेको हो।

images
images
images

वाणिज्य बैंकहरुक असार ३० गते ४१ खर्ब ४६ अर्ब ऋण प्रवाह भएकोमा ३१ गते मात्रै बढाएर ४१ खर्ब ६८ अर्ब पुर्‍याएका छन्। यसमध्ये २२ अर्ब ऋण वाणिज्य बैंकहरुको मात्र बढेको हो। जम्मा एक अर्ब ऋण विकास बैंक र फाइनान्सको हो।

मसान्तको दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५१ खर्ब ५३ अर्ब पुगेको छ भने वाणिज्य बैंकहरुको मात्र ४५ खर्ब ४० अर्ब पुगेको छ। यता बैंक तथा वित्तीय संस्थाको कुल ऋण ४७ खर्ब पुगेको छ। वाणिज्य बैंकहरुको मात्र ४१ खर्ब ६८ अर्ब पुगेको छ।

सीडी रेसियो भने ८६.२२ प्रतिशतमा राखेका छन्।  

images


प्रकाशित : सोमबार, साउन २ २०७९१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2024 All right reserved to biznessnews.com  | Site By : SobizTrend