आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

आर्थिक वर्षको अन्तिम दिन मात्रै २३ अर्ब ऋण प्रवाह

सोमबार, साउन २ २०७९
आर्थिक वर्षको अन्तिम दिन मात्रै २३ अर्ब ऋण प्रवाह

सीडी रेसियो भने ८६.२२ प्रतिशतमा राखेका छन्।  

काठमाडौं- आर्थिक वर्ष २०७८/०७९ को अन्तिम दिन असार ३१ गते एकै दिन बैंक तथा वित्तिय संस्थाहरुले २३ अर्ब रुपैयाँ ऋण प्रवाह गरेका छन्। नेपाल राष्ट्र बैंकका अनुसार २३ अर्ब रुपैयाँले ऋण बढेको हो।

वाणिज्य बैंकहरुक असार ३० गते ४१ खर्ब ४६ अर्ब ऋण प्रवाह भएकोमा ३१ गते मात्रै बढाएर ४१ खर्ब ६८ अर्ब पुर्‍याएका छन्। यसमध्ये २२ अर्ब ऋण वाणिज्य बैंकहरुको मात्र बढेको हो। जम्मा एक अर्ब ऋण विकास बैंक र फाइनान्सको हो।

मसान्तको दिनसम्म बैंक तथा वित्तीय संस्थाको कुल निक्षेप ५१ खर्ब ५३ अर्ब पुगेको छ भने वाणिज्य बैंकहरुको मात्र ४५ खर्ब ४० अर्ब पुगेको छ। यता बैंक तथा वित्तीय संस्थाको कुल ऋण ४७ खर्ब पुगेको छ। वाणिज्य बैंकहरुको मात्र ४१ खर्ब ६८ अर्ब पुगेको छ।

सीडी रेसियो भने ८६.२२ प्रतिशतमा राखेका छन्।  


प्रकाशित : सोमबार, साउन २ २०७९१३:५३

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend