आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

आकर्षक लाभांश आउने चर्चाले दोस्रो बजारमा बढ्दो ट्रेण्डमा शिवम सिमेन्टको सेयर मूल्य, कतिसम्म पुग्ला?

मंगलबार, साउन ३ २०७९
आकर्षक लाभांश आउने चर्चाले दोस्रो बजारमा बढ्दो ट्रेण्डमा शिवम सिमेन्टको सेयर मूल्य, कतिसम्म पुग्ला?

कम्पनीले आगामी वर्ष पनि उच्च लाभांश दिने भन्ने अनुमानमा सस्तो सेयर मूल्य भएको अवसर पारेर खरिद गर्न थालेपछि कम्पनीको सेयर मूल्य बढेको हो।

काठमाडौं- लगातार घटिरहेको शिवम सिमेन्टको सेयर मूल्य केही दिनयता भने बढ्न थालेको छ। सोमबार पनि शिवम सिमेन्टको सेयर मूल्य प्रतिकित्ता ५ रुपैयाँले बढेर ७६५ रुपैयाँ पुगेको छ। 

कम्पनीको सेयर उच्च मूल्य १९१० रुपैयाँमा पुगेको थियो। लगातार घटेर शिवमको सेयर प्रतिकित्ता ६५४ रुपैयाँसम्म झरेको थियो। अहिले बढेर ७६५ रुपैयाँ पुगेको छ। कम्पनीले आकर्षक लाभांश दिन सक्ने भएकोले पनि शिवमको सेयरमा लगानीकर्ताहरु आकर्षित भएका छन्।

shiva.PNG

सोमबार शिवमको सेयर १ लाख २१ हजार कित्ता किनबेच हुँदा सबैभन्दा धेरै ९ करोडा ३४ लाख रुपैयाँ बराबरको कारोबार भएको हो। सेयरधनीलाई कम्पनीले आर्थिक वर्ष २०७७/०७८ को नाफाबाट २९ प्रतिशत नगद लाभांश दिएको थियो। कम्पनीको चुक्तापुँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेको छ। कम्पनीको बजार पुँजीकरण ३३ अर्ब रहेको छ। अब आउने वर्ष कम्पनीले ३० देखि ३५ प्रतिशतसम्म लाभांश दिने सक्ने क्षमता राख्ने अनुमान गरिएको छ। 

कम्पनीले आगामी वर्षपनि उच्च लाभांश दिने भन्ने अनुमानमा लगानीकर्ताहरु सस्तो मूल्य भएको सेयर किन्ने अवसरका रुपमा लिएका छन्। तुलनात्मक रुपमा सस्तोमा खरिद गर्न पाएपछि कम्पनीको सेयर किन्नेहरु झुम्मिदा मूल्य बढेको हो।  


प्रकाशित : मंगलबार, साउन ३ २०७९०१:३८

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend