आइतबार, साउन ३ गते २०८३    
आइतबार, साउन ३ २०८३

मौद्रिक नीतिको पर्खाइले आर्थिक वर्षको पहिलो दिन नै सेयर बजार स्थिर, २००० को बिन्दुमा थामिएला?

आइतबार, साउन १ २०७९
मौद्रिक नीतिको पर्खाइले आर्थिक वर्षको पहिलो दिन नै सेयर बजार स्थिर, २००० को बिन्दुमा थामिएला?

साताकाे पहिलाे दिन आइतबार १.९३ अंकले बढेर २०११.३९ बिन्दुमा पुगेको छ।

काठमाडौं (साउन १)- नेपाल राष्ट्र बैंकले मौद्रिक नीति ल्याउने अन्तिम तयारी गरिरहदाँ आर्थिक वर्ष सुरु भएको पहिलो दिन लगानीकर्ता पर्ख र हेरको अवस्थामा रहेका छन्। जसका कारण सेयर बजार स्थिरजस्तै देखिएको छ। 

आर्थिक वर्ष २०७९/८० को पहिलो दिन सेयर बजार स्थिर भएको छ। गत साता चार दिनसम्म लगातार वृद्धि भएको बजार आइतबार स्थिर भएको हो। खरिद गर्ने र बिक्री गर्ने दुबै लगानीकर्ता पर्ख र हेरको अवस्थामा हुँदा सेयर कारोबारसमेत बढ्न सकेन।

साताकाे पहिलाे दिन आइतबार १.९३ अंकले बढेर २०११.३९ बिन्दुमा पुगेको छ। ३० लाख ४५ हजार कित्ता सेयर किनबेच हुँदा १ अर्ब २३ करोड रुपैयाँको मात्र कारोबार भएको छ। 

बजारमा लगानीकर्ताका लागि विश्वासयोग्य वातावरण नबन्दा बजारले थामिने बिन्दु भेट्न मुस्किल भइरहेको विश्लेषकहरू बताउँछन्। चार दिन सकारात्मक देखिएको बजार अहिलेको परिस्थितिमा अझै केही समय यस्तै तलमाथि भइरहने र ठूलो परिवर्तन नहुने विश्लेषकहरू बताउँछन्। लगानीकर्ताहरू विशेष गरी साउन पहिलो साता आउने मौद्रिक नीतिको पर्खाइमा देखिन्छन्। 

पछिल्लो केही दिनको सेयर बजारको ट्रेण्डले सेयर बजार २००० को बिन्दु वरीपरी घुम्न खोजेको देखिएको छ। यता राष्ट्र बैंकले मौद्रिक नीति मार्फत सेयर धितो कर्जामा थप कडाइ गर्न लागेको छ। गत वर्ष राष्ट्र बैंकले मौद्रिक नीति मार्फत ४/१२ को सीमा तोकेको थियो। जसको अहिले पनि लगानीकर्ताहरुले विरोध जारी राखेका छन्। यता राष्ट्र बैंक भने चालु आवको मौद्रिक नीतिमा पनि उक्त सीमा नहटाउने पक्षमा रहेको छ। 

सेयर बजार गत साता पछिल्लो चार दिनमा बजारमा ९३.८६ अंकको वृद्धि भएको थियो। शुक्रबार ७.९३ अंकले बढेर बजार २००९.४६ बिन्दुमा पुगेको छ। शुक्रबार १ अर्ब ४५ करोड ६२ लाख रुपैयाँको कारोबार भएको छ।

यो साताको पहिलो कारोबारमा सोमबार ७७.०१ अंकको गिरावट आएको बजारमा त्यसपछिका तीन कारोबारमा हरियाली देखिएको थियो। मंगलबार उतारचढावका बीच ११.६८ अंकले बढेको बजार बुधबार ५९.५४ अंकले बढेर १९८६.८२ बिन्दुमा पुगेको थियो। बिहीबार पनि बजार १४.७१ अंकले बढेर २००१.५३ बिन्दुमा पुगेको थियो।


प्रकाशित : आइतबार, साउन १ २०७९०९:२०

प्रतिक्रिया दिनुहोस
कार्यकारी सम्पादक

केदार दाहाल

सूचना तथा प्रसारण विभाग दर्ता नम्बर

२८३८/०७८-७९

© 2026 All right reserved to biznessnews.com  | Site By : SobizTrend